
१३, कार्तिक २०८१
उदेस पाण्डेय
पर्सा! जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी चौकी इन्चार्ज गैह्र जिम्मेवार हुँदा समेत मजकुर कार्यालय मौन रहेको छ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत पर्ने प्रहरी चौकी कचोर्वा प्रहरी चौकी बैरिया प्रहरी चौकी पिपरपाती प्रहरी चौकी मुसहरवाँ प्रहरी चौकी जैतापुर प्रहरी चौकी पथलैया इन्चार्जको रूपमा कार्यरत रहेको युनिटमा प्रहरीको व्यापक गुनासो नागरिक स्तर बाट आउँदा समेत जिम्मेवारी हेरफेर नगरी चौकीमै राखेकोमा बारा प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ। बारा स्थित विभिन्न चौकी इप्रका मातहतका प्रहरी कानुन विपरीत कार्य गरेको हुँदा प्रहरी प्रधान कार्यालय तानेर आफ्नो विभागिय कार्वाही अगाडि बढाएको सूचना समेत मधेशभ्युज डटकम लाई प्राप्त छ।
मधेशभ्युजले सडक संवाद कार्यक्रम गर्दा बारा प्रहरीको चौकीहरु तथा त्यहाँ कार्यरत रहेको प्रहरीको बारेमा धैरै गुनासो नागरिक स्तर बाट आएको थियो
बारा प्रहरी अहिले आफ्नो युनिट इन्चार्ज तथा त्यहाँ ख्ट्ने प्रहरी लाई चुस्त दुरुस्त राख्न सकेको छैन् बाराको पथलैया चौकीमा कार्यरत रहेको प्रहरी बारम्बार चेकिङ्गमा बेलुका बिहान नागरिक लाई दुःख दिइरहेका छन् यसै गरी हिजो प्रहरी चौकी मुषहावाको टोली तरकारी बोक्ने संग खुर्सानी लिएको गुनासो जिप्रका तथा इप्रका प्रसौनीमा गर्दा समेत अहिले सम्म कुनै प्रतिक्रिया आएको छैन।
दुई दिन पहिला बाराको मितिसर चौंक भन्दा अगाडि भएको दुर्घटनामा प्रहरी समयमा नपुग्दा आलोचित बनेको थियो
फितलो प्रहरीको सुरक्षाको कारण बारा अहिले असुरक्षित बनेको छ।
बारा जिल्ला अहिले पुनः अशान्त बनेको छ कहिले लाश फेला पर्छ, कहिले काटेको अवस्थामा मानिसको शरीर फेला पर्छ।
यति मात्र होइन बाराको ग्रामीण भेग तिर प्रहरी बेलुका तिर गस्ती समेत गर्दैनन् एक जना स्थानियको भनाई अनुसार प्रहरी कहिले गस्तीमा आउँदैन भनेर भन्नु भ्यो आखिर किन बारा प्रहरी नागरिक स्तरमा आलोचित बन्न पुगेको छ।
प्रहरीको मुख्य काम शान्ति सुरक्षा कायम गर्ने हो तर बारा जिल्लामा कार्यरत रहेका चौकी इन्चार्ज आफ्नो जिम्मेवारी बिर्सदा नागरिक असुरक्षित महसुस गर्न थालेका छन्