सशस्त्र प्रहरी बल रौतहट द्वारा हतियार सहित एकजना भारतीय नागरिक पक्राउ

  |

२०, कार्तिक २०८१
उदेस् पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल ११ नम्बर गण मातहत पर्ने बि ओ पि बेलबिछवा बाट एक थान कटुवा पेस्तोल तथा तीन राउण्ड गोली सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल ११ नम्बर गण अहिले रौतहटमा तदारुकताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको पाइएको छ। विभिन्न मिति र समयमा सशस्त्र प्रहरी रौतहट द्वारा बरामद गरिएको भन्सार छली गरी लाएको तस्करीको समान, भैंसी, किराना सामान, कस्मेटिक तथा अन्य समान सशस्त्र प्रहरी नियन्त्रमा लिएर भन्सार बुझाउँदै गरेको छ।
११ नम्बर गणको प्रमुखको रूपमा सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाई आए देखि आफ्नो मातहतका सम्पूर्ण युनिट लाई सीमा अपराध तथा तस्करी नियन्त्रण गर्न तदारुकता साथ लाग्न आदेश गर्नुको साथै फिल्डमा आफै पनि खटेर अहिले रिजल्ट ओरियन्टेड कार्य गरे तराईको जिल्लाहरु मध्य सबै भन्दा चैलेन्जिग जिल्लाको रूपमा रहेको रौतहट अहिले सीमा अपराध तथा भन्सार चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सफल बन्दै गएको छ।
११ नम्बर गणका गणपति (स प्र उ) बिक्रम होमागाई एक सफल कमाण्डरको रूपमा परिचित छन् रौतहटमा आए देखि आफ्नो जिम्मेवारी प्रति पुर्ण रुपमा केन्द्रित रही सशस्त्र प्रहरी सीमा बासी संग समन्वयन गरी रौतहटमा लगातार परेको पानीको कारण आएको बाढीको बेला पनि सशस्त्र प्रहरी बल जिल्लाको विभिन्न ठाउँहरूमा खटेर उद्धार गरिएको सशस्त्र प्रहरी बल रौतहटको उक्त कार्य नागरिक द्वारा धैरै मनपराइएको थियो
मधेशभ्युज द्वारा गरिएको सडक संवाद कार्यक्रममा समेत नागरिकहरु द्वारा ११ नम्बर गण रौतहटको सशस्त्र प्रहरीको प्रशंसा नागरिकहरुले गरेका थिए
अहिले रौतहटका ग्रामिण भेग तिर पोष्ट थप्न समेत स्थानीयहरू माग गर्न थालेका छन्