शालीन गृहमन्त्रीको डिआईजी बढुवामा परीक्षा ८ खालि पदमा २६ जना एसएसपिको दौडधूप

  |

२९, कार्तिक २०८१
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीमा अहिले डिआईजी बढुवाको दौडधुप सुरु भएको छ। प्रहरी नायब महानिरीक्षक डिआईजीको आठ ओटा सिट खालि छ। जसमा बढुवाको लागि २०५३ सालको र २०५१ सालको अधिकृतहरुको बिचमा बढुवाको प्रतिस्पर्धा छ।
अहिले बरिष्ट उपरीक्षक एसएसपी बाट डिआईजी हुने बरिष्ट उपरीक्षकहरु प्र उ धुरेब राउत,भोला रावल, गणेश चन्न, सिधिविक्रम शाह, सुशील राठौर, उमाशंकर चतुर्वेदी, हिमाल श्रेष्ठ, डमार बिक, ओम राना, ईश्वर कार्की, राजेन्द्र भट्ट, दिनेश आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधव श्रेष्ठ, डिलि विष्ट, दीपेन्द्र घर्ती, दीपक रेग्मी दिलीप सिंह देउबा, विनोद घिमिरे, सुदर्शन कोइराला दीपक कुमार बस्नेत, जयराज सापकोटा सुरेन्द्र गुरुङ्ग, संजीव शर्मा दास, सार्दा चौधरी २६ जना एसएसपी डिआईजी बढुवाको दौडधुप लागेका छन्
प्रहरी बढुवामा केही शक्तिकेन्द्र हाबी भएको कुरा गोप्य रुपमा प्राप्त भएको छ। जसअनुसार अहिले डिआईजी बढुवामा पहिलो नम्बरमा सिधि बिक्रम शाह आफ्नो ब्याजी तथा २०५१ को टोली लाई उछिनेर पहिलो स्थानमा बाजी मार्ने दोस्रो स्थानमा ईश्वर कार्की तेस्रो स्थानमा दिनेश आचार्य चौथोमा गणेश चन्न पाँचौमा भोला रावल क्रमश डमर बिक गोबिन्द थपलिया राजेन्द्र भट्ट उमाशंकर चतुर्वेदी प्रहरी भित्र काबिल अधिकृतको रूपमा चिनिएका उमाशंकर चतुर्वेदीको राजनीतिक पावर जिरो छ।
अहिलेको प्रहरी नायब महानिरीक्षक डिआईजी बढुवामा गृह मन्त्री रमेश लेखकको परीक्षाको रूपमा देखिएको छ। बिगतमा प्रहरीको सरुवा वढुवा बिभेद तथा काबिल अधिकृतको मूल्यांकन नगरी बढुवा बाट वञ्चित गर्दा प्रहरी महानिरीक्षक तथा पुर्ब गृह मन्त्रीहरु आलोचित बन्न पुगेका नजिर छ। गृहको ईतिहासमा प्रहरी सरुवा बढुवामा सबै भन्दा बढी आलोचित भएका पुर्ब गृह मन्त्रीहरु विजय कुमार गच्छादार, बामदेव गौतम, कृष्ण बहादुर माहरा, खुम बहादुर खाडका विमलेन्द्र निधी राम बहादुर थापा बादल यी गृह मन्त्री हुँदा प्रहरीमा ब्यापक रूपमा बिभेद तथा काबिल भन्दा सोर्सफोर्सको आधारमा सरुवा बढुवा प्रहरीमा भयो त्यसको परिणाम स्वरूप अहिले केही प्रहरीका राम्रा अधिकृत जागिर बाट राजीनामा दिए कोई अवकाश गए पश्चात खुलेर बिरोध गरे उदाहरणका लागि रमेश खरेल तत्कालीन गृह मन्त्री बामदेव गौतमको खुलेर बिरोध गरे यस प्रकारका दर्जनौ घट्ना प्रहरीमा छ
हाल नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर अडान नलिँदा अहिले पनि प्रहरीमा काबिल अधिकृत सरुवा बढुवामा पीडित बनेको सूचनाहरु छ। अहिले डिआईजी बढुवामा शक्तिकेन्द्र हाबी हुँदै गर्दा राम्रो अधिकृत बढुवा बाट छुट्ने सम्भावन देखिएको छ।
मधेशभ्युज लाई प्राप्त सूचना अनुसार २०५१ को टोलीमा भोला रावल लाई डिआईजी बढुवामा खुलेर प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर लागेका छन् आउँदा दिनमा भोला रावल र प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर नातेदार हुन लागेको खबर छ। त्यसै गरी डिआईजी बढुवामा सिदि बिक्रम शाह लाई एक नंबर मा लाउन एक जना पुर्ब प्रहरी महानिरीक्षक तथा केही कांग्रेसी नेताहरु शक्तिकेन्द्र धाइरहेका खबर छ। त्यसै गरी दिलीप सिंह देउवाको लागि ओभर एक्सरसाइज भइरहेको छ।