०४, असोज २०८१
मधेशभ्युज संवादाता
पर्सा! ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्सामा प्रहरी प्रधान कार्यालयको आदेश विपरीत घुमुवा प्रहरी राखिएको खबर प्राप्त भएको छ। मधेशभ्युज लाई प्राप्त सूचना अनुसार प्र स नि नरेन्द्र पौडेल प्र ह मुकेश साह प्र ह अनिल अकबर मियाँ प्र ह अनरूद प्रसाद यादव लाई प्रहरी निरीक्षक मोहन जंग बुढा थापा संगठनको नितिनियम विपरीत घुमुवा टोली खडा गरेका छन् हालका आइजी घुमुवा कहीं कतै नराख्न आदेश प्रस्ट दिएको भएतापनि इप्रका इन्चार्ज उक्त आदेशको धजि उडाउँदै घुमुवा प्रहरी राखेका छन्।
देखाउनको लागी फरार अभियुक्त पक्राऊ गर्न राखिएको कुरा बाहिर नाटकीय ढंग बाट देखाउने तर आंतरिक रूपमा रहेको सबै घुमुवाहरु इप्रका मातहतका एरियामा सादा पोसाकमा घुम्ने गरेका छन्
अहिले इप्रका पटेर्वा सुगौलिमा रहेका घुमुवा अलि अकबर मन्सुर पहिला वडा प्रहरी कार्यालय श्रीपुरमा थिए श्रीपुरमा घुमुवाको आतंक बढेपछि त्याहाँ बाट जोगिनको लागि अहिले इप्रका आएका हुन् त्यसै गरी प्र ह अनिरुद यादव पनि वडा प्रहरी कार्यालय बिर्तामा १५ महिना देखि घुमुवा प्रहरीको रूपमा कार्यरत थिए प्र ह मुकेश साह पनि एक वर्ष देखि इप्रका मातहत प्रहरी चौकी रंगपुरमा थिए तथा प्र स नि नरेन्द्र पौडेल कार्यकाल नपुग्दै इनर्वा गाउँ बाट तानिएको जुनियर अधिकृत हुन।
इप्रका इन्चार्ज प्रहरी निरीक्षक थापा माथि अनेकौ प्रश्न उठेको छ सबै बिबादित पात्र लाई आफू नजीत राखेर के गराउँदै छन्। अहिले इप्रका पटेर्वा सुगौली नागरिकको नजरमा समेत गिरेको छ। इप्रकाको एरियामा भैंसी बजार लाग्ने दिन भारत बाट तस्करीको भैंसी आउँदा समेत रोकेको छैन् रातिको समयमा काठ तस्करी ब्यापक रूपमा भइरहेको हुँदा समेत काठ तस्करी रोक्न सकेको छैन्
इप्रका मातहतका प्रहरी चौकी बढ्नीहारको इन्चार्ज प्र स नि संजय पासवान घरेलु मदिरा नष्ट गर्नुको सट्टा संरक्षण गरेर आर्थिक लाभ लिएको सूचना बजारमा आउँदा समेत कुनै अनुगमन इप्रका बाट हुँदैन प्रहरी चौकी मिलनचौक इन्चार्ज दीपक अधिकारीको बारेमा गुनासो आउँदा समेत इप्रका प्रमुख प्रहरी निरीक्षक मोहन जंग बुढा थापा केही एक्सन लिन सकेका छैन्न
प्र नि थापा
मधेशभ्युज संग कुरा गर्ने क्रमका प्रहरी निरीक्षक मोहन जंग बुढा थापाले भन्नु भयो म कुनै घुमुवा राखेको छैन त्यस पछि दोस्रो प्रश्न थियो काठ, गाँजा, बालुवा, कुखुराको चला, तस्करीको भैंसी खुब चलेको छ यसमा तपाईँ के भन्नु हुन्छ उतर थियो त्यसो केही चलेको छैन्
मधेशभ्युज द्वारा गोप्य रूपमा बुझ्दा अहिले ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा जम्मा भएका सबै घुमुवा बिबादित पात्र हुन् बिबादित प्रहरी कर्मचारी इप्रकामा अहिले घुमुवाकोको रूपमा खट्दा इप्रका प्रमुख माथि नैतिक प्रश्न उठेको छ
इप्रका प्रमुख लाई आम नागरिकले फोन गर्दा वा भेट्न आउँदा अनेकौं तामझाम हुनेगरेको कुरा नाम गोप्य राख्ने शर्तमा एक जना वडा सदस्यले बताए नागरिकले कुनै काम विशेषले गर्दा वा नागरिकता सहरजमिन तथा घट्ना स्थलमा प्रहरी ढिलो पुग्ने गरेको गुनासो गरेका छन्
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy