झुण्डिएको व्यतीको उद्धार सशस्त्र प्रहरी बल बाराको चौतर्फी प्रशंसा

  |

१६, मंसिर २०८१
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल १२ न गण बाराको टोली द्वारा झुण्डिएको अवस्थामा रहेको व्यतिको उद्धार स्थानीयहरु द्वारा सशस्त्र प्रहरीको खुलेर प्रशंसा गरेका छन्
फौजमा एउटा भनाई छ( Right Man Right Place) मा भयो भने फौजले चाहेको उपलब्धि हासिल गर्छ। अहिले बारामा सशस्त्र प्रहरी बलले देखाएको तदारुकताको कारण सीमा अपराध तथा तस्करी रुकेको छ

कलैया उप महानगपालिका १३ बलिरामपुर स्थित बन्दै गरेको २४ मिटर अग्लो पानि ट्याङ्कीमा नाम ठेगाना नखुलेका हेर्दा तराईवासी जस्तो देखिने अन्दाजी ३५ वर्षको एकजना पुरुष पासो लगाई झुण्डिएको अवस्थामा रहेको भनि सूचना स्थानीयले सशस्त्र प्रहरी लाई र नेपाल प्रहरीको चौकी लाई सूचना दिए सूचना आउँन साथ सशस्त्र प्रहरी बल बाराले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएस्पी)को कमाण्डमा घटनास्थलमा टोली खटाउनुको साथै सशस्त्र प्रहरीको गण बाट निजको उद्धारको लागि थप बलको रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक श्याम कुमार चौरसियाको कमाण्डमा ०९ जनाको टोली तथा विपतको सामग्रीहरु सहितको टोली समयमा पुगी निज झुण्डिएको व्यतिलाई उद्धार गरी प्रादेशिक अस्पताल कलैयामा पठाएको छ।
सशस्त्र प्रहरी बल बाराको उद्धार टोली समयमा पुगेको कारण निजको ज्यान बाँचेको सूचना मधेसभ्युज लाई कलैया अस्पतालमा कार्यरत रहेको एकजना कर्मचारीले बताए
सशस्त्र प्रहरी बल १२ नं गणको गणपति संतोष बहादुर सिंह समयमा घट्ना स्थालमा उद्धार टोली पठाइ सकुशल उद्धार गरिएको कार्य लाई नागरिक द्वारा चौतर्फी प्रशंसा भएको छ
हाम्रो बारा संवादाताले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल बाराको सशस्त्र प्रहरी उपरीक्षक एसपी संतोष बहादुर सिंह कमाण्डरको रूपमा आए देखि सीमा अपराध तथा बोर्डरमा हुने गरेको तस्करी सशस्त्र प्रहरी बल बाराले रोकेको छ। सशस्त्र प्रहरीको यो सराहनिय कार्यालयले गर्दा सीमा बासीहरु आफ्नो खुशी व्यत गरेका छन्।