काँग्रेस सांसदकै क्षेत्रमा पाँच महिना देखि विद्यालय बन्द: जनप्रतिनिधि गैह्र जिम्मेवार

  |

१७, मंसिर २०८१ सोमबार
उदेस पाण्डे
पर्सा! विगत पाँच महिना देखि श्री महादेव माध्यमिक विद्यालय मिर्जापुर पर्साको स्कुल शिक्षक अभावको कारणले पठनपाठन बन्द रहेको तर त्यस निर्वाचन क्षेत्रको बाट काग्रेसको निर्वाचित सांसद रमेश रिजाल बन्द रहेको स्कुल खुलाउन कुनै पहल गर्नु भएको छैन।
पर्साको ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्किरहेको छ। सामान्य घरपरिवारको बच्चाहरु सरकारी स्कुलमा अध्ययन गरिरहेको पाइन्छ। श्री महादेव माध्यमिक विद्यालय मिर्जापुर पर्सामा तीनसय भन्दा बढी विद्यार्थीहरु शिक्षाको उज्यालो घाम बाट बञ्चित रहेको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
पर्साको निर्वाचित सांसद, विधायक, मेयर संविधानले नागरिक लाई निःशुल्क दिनुपर्ने शिक्षा समेत दिनसकेका छैनन् भने विकाशको बारेमा स्वास्थ्यको बारेमा, कृषिको बारेमा आफ्नो निर्वाचन क्षेत्रमा के काम गरे होलान् भने सहजै अनुमान लगाउन सकिन्छ।
नेपाली काँग्रेसको तर्फ बाट २०५८ सालमा रमेश रिजाल ४ नम्बर क्षेत्रको सांसद बने त्यस पछि २०५६ सालमा उर्मिला अर्याल नेपाल कम्युनिष्ट पार्टी एमाले बाट निर्वाचित भइन् २०६४ सालमा प्रधुमन चौहान समेत एमाले बाट सांसद बने २०७० सुरेन्द्र चौधरी नेपाली काँग्रेस बाट सांसद बने २०७४ सालमा मधेश आन्दोलनको नाराले लक्षमण लाल कर्ण पछि २०७९ सालमा पुनः नेपाली काँग्रेस बाट ४ नम्बर क्षेत्रमा रमेश रिजाल जिते केन्द्र मन्त्री समेत बने तर आफ्नो निर्वाचन क्षेत्रमा राम्रो बिकाश गर्न सकेका छैनन्।
पुर्ब मन्त्री जस्तो जनप्रतिनिधिको क्षेत्रमा पाँच महिना देखि विद्यालय बन्द हुँदै समेत सांसदले बन्द विद्यालय खुलाउन कुनै किसिमको तदारुकता देखाउनु भएको छैन मधेशभ्युज डटकमले गोप्य रुपमा बुझ्दा अहिले सम्म पुर्ब मन्त्री रमेश रिजालले बन्द रहेको स्कुल खुलाउन कुनै किसिमको छलफल समेत उक्त गाउँको मानिसहरू संग गरेका छैनन्
यो बन्द स्कुल सबै जनप्रतिनिधिको वास्तविक रूप देखाएको छ। दुई तिहाईको सरकार केन्द्रमा रहेको छ। तथा छिपहरमाई गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले र काँग्रेसकै छ। भने विधायक मधेश दल बाट रहेको बुझिएको छ।
सामान्य नागरिकको बालबच्चाहरु स्कुल बन्द हुँदा अहिले पढाई छोडेर घरमा बस्न बाध्य भएका छन्