१७, मंसिर २०८१ सोमबार
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल धनुषाको कमाण्डर सशस्त्र प्रहरी उपरीक्षक (एसपी)कमाण्ड कन्ट्रोलमा निकै कमजोर देखिएका छन्
आफ्नो मातहतका युनिट, इन्चार्ज लाई कन्ट्रोल तथा संचालन गर्न सकेका छैनन् अहिले धनुषाको सीमानाका बाट अहिले रातिको समयमा केही संगठित तस्करहरुको समुह तस्करी गरिरहेको बुझिएको छ। नेपाल बाट भारत तर्फ चाइनिज लहसुन चाइनिज स्याउ तथा रक्सी कस्मेटिक समान उता भारत बाट कपड़ा चीनी गुट्खा, किराना, मलखाद इलेक्ट्रनिक समानहरु तस्करीको माध्यमले धनुषा बजार आसपासका क्षेत्रहरूमा भित्रिरहेको छ।
व्यापक मात्रामा तस्करी भइरहेको सूचना बाहिनीपति डिआईजी कलिधव्ज समक्ष पुग्दा गणबाट समेत छानबिन हुँदा प्रस्तावित सीमासुरक्षा गुल्म मैनाथपुरको गुल्म पति डिएस्पी तानियो तर तस्करी भइरहेको तुल्टुल बसेर हेर्ने सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लाई कुनै कार्वाही गरिएन
सशस्त्र प्रहरी भित्र (सिसम) ३ का सशस्त्र प्रहरी अधिकृतहरू मध्ये सबैभन्दा खेलाडी अर्थात चतुर सशस्त्र प्रहरी अधिकृतका रुपमा (एसपी)दर्शन गिरी चिनिन्छन। संगठनमा अहिले व्यापक मात्रामा भित्रै भित्र गाईगुँई हल्ला चलेको छ धनुषाको कमाण्डर यति बद्नाम हुँदा समेत संगठन प्रमुख मौन बसेका छन्
धनुषाको मैनाथपुर, इटहरवा, ठाडी, इनर्वा, धनौजी नाका तस्करहरुको लागि उपयुक्त सुरक्षित नाकाको रूपमा रहेको बुझिनमा आएको छ।यो नाकाबाट (सेठी) थरका तस्करले सबै लाईन मिलाउने बिचौलियाको रूपमा काम गर्दै आएको बुझिएको खबर मधेशभ्युज लाई प्राप्त भएको छ
धनुषको तस्करी तथा कमाण्डरको बारेमा सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी तथा सूचना अधिकारी कुमार नौपाने संग जानकारी गराउँदा के रहेछ आफू बुझेर जानकारी गराउने भन्नु भयो
सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी संगठनमा एक चतुर अधिकृतको रूपमा परिचित छन् डिएस्पी इन्सपेक्टर हुँदा समेत इन्चार्जको रूपमा राम्रो ठाउँहरू बसेको बुझिन्मा आएको छ
धनुषाको तस्करी रोक्न सशस्त्र प्रहरी बल ८ नं गणले कुनै किसिमको तदारुकता देखाएको छैन
राजधानी जस्तो संवेदनशील ठाउँमा सिमानकाकोको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल धनुषाको कमाण्डर गैह्र जिम्मेवार हुँदा आउँदा दिनमा सीमानाका संग जोडिएको अपराधको घट्न सक्ने सम्भावना रहेको देखिएको छ

