प्रहरी प्रशासन देखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए पक्राऊ

  |

२०,मंसिर २०८१,सोमबार
उदेस पाण्डे
पर्सा!गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने समाजमा आफू निकै ठूलो व्यति झै भई नपाइएको पद दुरूपयोग गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो खबर मधेशभ्युज लाई प्राप्त भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले दिएको जानकारी अनुसार विष्टलाई कानुनी रितपुर्याई पक्राउ गरी कानुन बामोजीआवश्यक अनुसन्धान थालिएको जानकारी दिए । नक्कली पीए भन्दै ठगी गर्दै हिँडेका विष्टलाई प्रहरीले धुम्वाराही एरिया बाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी मधेशभ्युज लाई गोप्य रुपमा प्राप्त सूचना अनुसार गृहमन्त्रीको सचिवालय समेतले पनि नक्कली पीएको विषय सचिवालयमा खबर प्राप्त सुन्साथ बारम्बार जानकारी लिइरहेको छ । नक्कली पीएले अनावश्यक दबाब दिएर विभिन्न कार्यालय तथा अन्य ठाउँहरूमा फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको कुरा आएको छ। गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ।
नक्कली पिए पक्राउ परेको घट्नामा अन्य केही मानिसको समेत संलग्नता रहेको भने समेत खबर सुनममा आएको छ तर त्यो आधिकारिक रूपमा पुष्टी कसैले गरेको छैन।यो नक्ली पिए प्रकरणमा अन्य केही पहुंचवाला मानिहरू समेत रहेका कुरा नाम गोप्य राख्ने सर्तमा एक कांग्रेसी नेताले मधेशभ्युज लाई बताए।