
२१, शुक्रबार २०८१ मंसिर
उदेस पाण्डे
पर्सा। भारतको गुजरात स्थित पुर्ब कुच्छ गाउँ भन्ने स्थानमा फिल्मी शैलीमा नकली ईडी अधिकारी बनेर एक सुन पसलको संचालकको घर तथा पसलमा छापामारी पच्चिस लाखको सुन तथा केही नगद लिएर फरार भएको खबर प्राप्त भएको छ।
नकलि इडी अधिकारी बनेर १२ जना ठगको समुह राधिका ज्वेलर्समा रेड गरेको थियो। हिन्दी फिल्म स्पेसल २६ जस्तो रवावमा आएका ठगहरु राधिका ज्वेलर्सको संचालक लाई थर्काएर सुन तथा पैसा समेत लुटेर लगेको थियो
यो घट्ना घटेको सूचना भारतीय प्रहरीमा पुग्नसाथ फर्जी ईडी कर्मचारीहरु लाई प्रहरीले समात्न सफल भएको थियो त्यस पछि लुटिएको नगद तथा गहना प्रहरीले रिकभर गराई सबै ठगहरुलाई निजहरूको गरेको अपराध अनुसारको कानुनी प्रक्रिया अगाडि बढाएको खबर छ।
साल २०१३ मा अभिनेता अक्षय कुमार तथा मनोज वाजपेयीले एउटा हिन्दी फिल्म आएको थियो स्पेसल २६ जसमा अक्षय कुमार नक्कली सीबीआई गठन् गरेर आफू सीबीआई अफिसर बनेर मन्त्री तथा ब्यापारीहरुको घरमा छापा मारेर भ्रष्टाचार गरेको घुसखोरी गरी लिएको रकम लुट्ने गर्थे
त्यहीं शैलीमा यो घट्नामा समेत ठगहरुले आफ्नो दिमाग् लगाए तर पुलिसको सुक्षम् अनुसन्धानको अगाडी केही बेरमै पर्दाफास भ्यो निकली अफिसरको नक्कली जालझेल लाई असली पुलिसले पर्दाफास गरी कानुनी कठघरामा पुर्यायो