सर्लाही एसपीको कमाण्ड कन्ट्रोल जिरो: बार्गेनिङ पछि तस्करीको कपड़ा छोड्ने इन्चार्ज लाई कार्वाही होला

  |

२१, मंसिर २०८१
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेका प्रहरी चौकी गोडैता (इन्चार्ज) प्रहरी नायब निरीक्षक धर्मेन्द्र साह तस्करीको कपड़ा समातेर बार्गेनिङ मिले पछि पुनः तस्कर लाई नै बुझाइएको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
मिति २०८१/०८/१४ गते भारत बाट नेपालमा तस्करहरुको समुहले तस्करीको माध्यम बाट बाईकमा कपड़ा लिएर आइरहेको अवस्थामा प्रहरी चौकी गोडैता बाट सिभिलमा खटेका प्रहरी सहायक हवल्दार सुजन भक्त मालीले तस्करीको माध्यम बाट नेपाल आएको तस्करीको कपड़ा समातेर प्रहरी चौकी लगेको तर पछि बार्गेनिङ मिलन साथ बरामद गरिएको तस्करीको कपड़ा मोटरसाइकल चौकी बाट समेत पुनः छोडिएको घट्ना अहिले जिल्ला प्रहरी कार्यालय सर्लाही तथा अन्य मातहतका सबै युनितहरुमा चर्चाको विषय बनेको छ
जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी डिएस्पी संग मधेशभ्युजको सम्पादकले यस विषयमा सोध्दा वहांको उतर थियो प्रहरी प्रधान कार्यालय सम्म यो कुरा पुगेको छ यस विषयमा हामी अनुसन्धान गर्नेछौं भनेर जवाफ दिए
आँखिर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बारम्बार प्रहरीले विवादस्पद काम गरिरहेको भएतापनि प्रहरी महानिरीक्षक किन मौन सर्लाहीको प्रहरी उपरीक्षक कार्यसम्पादनमा निकै कमजोर हुँदाहुँदै पनि सम्बन्धित निकाय मौन बसेको छ। सर्लाहीको प्रहरी चौकीमा कार्यरत देखाएका विवादस्पद जुनियर प्रहरी अधिकृत तेज नारायण यादव अहिले पनि घुमुवाको काम गरिरहेका भने सूचना आइरहेको छ बाहृय रूपमा देखाउनको लागि इन्चार्ज देखाए पनि अहिले सम्म प्र स नि घुमुवाकै काम गरिरहेका छन् जिल्ला भित्र प्र स नि तेज नारायण यादव एसपीको लागि सिभिलमा काम गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाट, उजुरी छानबिन शाखा निकै बद्नाम हुँदा समेत इन्चार्जको जिम्मेवारी हेरफेर गरिएको छैन
जिल्ला प्रहरी कार्यालय सर्लाहीको उजुरी शाखामा कार्यरत जुनियर प्रहरी अधिकृत लामो समय देखि एकै ठाउँमा बसेका छन्
मिथुनको बारेमा सेवाग्राही तथा अन्य विभिन्न माध्यम बाट उजुरीको इन्चार्जको बारेमा गुनासो आउँदा समेत कुनै किसिमको प्रतिक्रिया एसपी बाट आएको छैन।
सर्लाही एसपी पावरको बलमा कमाण्ड गरिरहेका छन् जिल्ला चलाउन असफल देखिएका सर्लाही एसपी प्रहरी प्रधान कार्यालयमा बसेर हाकिमको यसमैनको उपमा पाएका सिंह इन्सपेक्टर, डिएस्पी हुँदै कमाण्ड गरेको खासै अनुभव छैन् एसपी सिंहको कमाण्ड सम्हालेका दिनदेखि सर्लाही जसोतसो चल्दै आएको छ।