क्राईम कन्ट्रोलमा असफल एसपि सिंह: दर्जनौ घुमुवा परिचालन आइजिपी मौन

  |

२१, पौष आइतबार २०८१
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाही क्राइम कन्ट्रोल तथा तस्करी नियन्त्रण गर्न असफल भएको छ। मधेशभ्युज लाई प्राप्त सूचना अनुसार हरिवन नयाँ रोड ईनार टोलको घट्नामा प्रहरी असफल देखिएको छ। हरी प्रसाईको हत्यारा अझै फेला परेको छैन। प्रहरीले अनुसन्धानको क्रममा दश जना संकास्पद व्यति नियन्त्रण राखेको भए पनि घट्नाको अहिले सम्म सफल अनुसन्धान गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी उपरीक्षक एसपी रबिन्द्र बहादुर सिंह जिल्लाको कमाण्ड सम्हालेका दिनदेखि सर्लाही जिल्लाको शान्ति सुरक्षा तथा सीमानाकामा भइरहेको तस्करी रोक्न प्रहरीले पुर्ण रुपमा सकेको छैन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको घुमुवा प्र स नि तेज नारायण यादव लाई दारु तथा महिला संग भएको बेला स्थानीयले पक्राउ गरी सशस्त्र प्रहरीको जिम्ममा लगाएको थियो यति हुँदा समेत निज प्र स नि यादव लाई पावरको बलमा जोगाइएको थियो।
प्रहरी आचरण विरुद्ध कार्य गर्दा पनि प्र स नि जोगाउने एसपि अहिले त्यहीं प्रहरी सहायक निरीक्षक लाई देखाउनको लागि इन्चार्ज दिएको भए पनि काम उसको घुमुवाकै छ। अर्को घुमुवा प्र ज मुकेश गुप्ता जसले त्रिभुवननगर एरियाको जिम्मा पाएका छन् निकै बिबादित रहेका घुमुवा मुकेश गुप्ताको बारेमा मधेशभ्युजले जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचना अधिकारी डिएस्पी दीपक श्रेष्ठ संग बुझ्दा आफूलाई थाहा नभएको बताए तर मधेशभ्युजले निरंतर सोधखोज गर्न थालेपछि अदालतको फैसला कार्वान्यान शाखामा राखेका कुरा बताए
मुकेश गुप्ता तथा प्र ह रामेश्वर ठाकुर घुम्ने टोली अहिले जिप्रका सर्लाहीको टपलिष्टमा रहेका छन्
जिल्ला प्रहरी कार्यालय सर्लाहीको सीमा नाकामा रहेका प्रहरी चौकी संग्रापुर, प्रहरी चौकी नारायनपुर, प्रहरी चौकी त्रिभुवननगर, प्रहरी चौकी गोरखकाली, प्रहरी चौकी सिमरा फिनहरा, प्रहरी चौकी गोडइता, प्रहरी चौकी छतौना, ईलाका प्रहरी कार्यालय गडहिया, प्रहरी चौकी खोटावना, प्रहरी चौकी भारसल यो सबै नाका बाट तस्करी भइरहेको सूचना नाम गोप्य राख्ने सर्तमा एकजना बताए सर्लाहीको मलंगवा बाट कवाडको लाईन अशोक भन्ने कारोबारीले गर्दै आइरहेको यसैगरी उमेश भन्नेले काजु किसमिस चाइनिज स्याउ, चाइनिज लहसुन, जयकिशोर मोबाईल पार्ट्स कपड़ा, गुलाम भन्ने चाइनिज क्रिम कस्मेटिक तथा रक्सीको कारोबार गरिरहेका छन्
ईलाका प्रहरी कार्यालय बर्थावा तथा मातहतका युनिटमा ईलाका प्रहरी कार्यालय बर्थवा बाट घुमुवको रूपमा प्रहरी जवान यम बहादुर बुढथोकी लाई खटाइएको छ निज प्र ज बीरगज जिल्ला प्रहरी कार्यालय पर्सामा हुँदा हालका डिएसपीसँग बसेका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको बारेमा व्यापक समाचार आउँन थाले पछि प्रहरी प्रधान कार्यालयको टोली आउँदा प्रहरी चौकी गोरखकाली बाट प्रहरी जवान कुन्दन मिश्र लाई तानेको थियो। अहिले पुनः सर्लाहीमा तस्करी भइरहेको छ तर सम्बन्धित निकाय मौन रहेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको बारेमा माथिलो कार्यालय सम्म सेवाग्राही द्वारा गुनासो हुँदा समेत प्रहरी प्रमुख मौन रहेको कुरा नाम गोप्य राख्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको एकजना अधिकृतले भने अन्य जिल्लाहरु बाट घुमुवा तानेर गणमा लाग्ने आइजिपी सर्लाहीको हकमा किन पछि परेका छन् अचम्म लागेको छ। प्रदेशको जिल्लाहरु बाट अहिलेसम्म प्राय सबै घुमुवा प्रहरी तानेर पहाडी जिल्ला वा गणमा राखेका आइजी सर्लाही जिल्लाको हकमा केही पनि गरेका छैनन् त्यही भएर जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका युनितहरूमा घुमुवा बिगबिगी छ
नेपाल प्रहरी आम नागरिक समाज संग नजिक रहेको संगठनको रूपमा रहेको संस्थालाई प्रहरी उपरीक्षक एसपी रबिन्द्र बहादुर सिंह नागरिक संग हप्काएर बोल्छन जिल्ला भित्र सेवाग्राही आउँदा प्रहरी बाट कार्यमा आलटाल गर्दा समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाट, उजुरी छानबिन शाखा, अनुचित लेनदेन, महिला सेलमा रहेका कर्मचारी लाई हटाएका छैनन। जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाँटमा विगत लामो समयदेखि कार्यरत प्र स नि यादको बारेमा सेवाग्राही द्वारा पटक पटक गुनासो गरिदा समेत कुनै किसिमको प्रतिक्रिया एसपी बाट आएको छैन।