
२४, बुधबार, पौष
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको आयोजनामा अग्नि समन यन्त्र तालिम सम्पन्न भएको छ।
प्रहरी महानिरिक्षक र मधेश प्रदेश कार्यालयका प्रमुख
बिच चालु आर्थिक बर्षको कार्यसम्पादन सम्झौता बमोजिम बुँदा नम्बर ३७ मा उल्लेख भए बमोजिम लक्ष्य प्राप्ती गर्नुपर्ने बमोजिम उक्त प्रशिक्षण कार्यक्रम गरिएको थियो।
मधेश प्रदेश विपत व्यबस्थापन गुल्म बिरगंज पर्सा बाट खटिएका ६ जना प्रशिक्षकहरु बाट मिति २०८१/०९/१६ गते देखि ऐ २२ गते पुष सम्म मधेश प्रदेश स्थित कार्यालयहरुबाट २०९३ जना प्रहरी कर्मचारीहरु, तथा ७५ जना ट्राफिक प्रहरी तथा १४७१ जना आम सर्वसाधारण गरि जम्मा ३६३९ जनालाई उक्त प्रशिक्षण सहभागी थिए ।
मधेश प्रदेश स्थित रहेका प्रहरी कार्यालयका बिभिन्न ४७ युनिट तथा मातहतका ठाउँहरुमा उक्त प्रशिक्षण सम्पन्न गरिएको थियो।
आगोलागी जस्ता विपतजन्य घट्नाहरु बाट जोगिनका लागी यो अभ्यास गरिएको हो।
मधेश प्रदेश गृह संचार तथा कानुन मन्त्रालयबाट मिति २०८१/०९/१६ गते १४० थान Fire Extinguisher मधेश प्रदेश प्रहरीलाई मिति उपलब्ध गराईएको थियो र उक्त सामानहरु आवश्यकताको आधारमा मातहतका प्रहरी कार्यलयहरु लाई बितरण समेत गरिसकिएको खबर मधेश प्रदेश प्रहरी कार्यालय धनुषाको सूचना अधिकारी (एसपि) सुबास बोहरा द्वारा जानकारी प्राप्त भएको छ।
निकट भविस्यमा कुनै स्थानिय तह तथा अन्य सरोकारवाला निकायहरु बिचमा समन्वय गरेर विपतजन्य क्षतिबाट बच्नका लागी थप जनचेतनामुलक कार्यक्रमहरु संन्चालन गर्ने लक्ष रहेको छ।