
पौष २६, शुक्रबार २०८१
उदेस पाण्डे
पर्सा! नेपाल प्रहरीमा अहिले राजनीतिक दलको दम्भ देखिएको छ अर्थात प्रहरीको सरुवा, वढुवा तथा काजमा अनावश्यक पावर प्रबेस हुन थालेको देखिएको छ।
नेपाल प्रहरीमा अहिले वढुवाको पर्खाइमा रहेका (एसएसपी) वरिष्ट प्रहरी उपरीक्षक,प्रहरी उपरीक्षक (एसपी) (डिएस्पी) प्रहरी नायब उपरीक्षक तथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा २०५८/२०६० सालमा प्रहरी सहायक निरीक्षक पदमा सुरू निउती लिएका हालका बरिष्ट प्रहरी नायब निरीक्षक सबैको बढुवाको समय आएको छ।
तर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय बिच कुरा नमिल्दा बढुवा अन्योलमा परेको छ।
अहिले सबै भन्दा बढी पावर प्रयोग एसपी बाट एसएसपी बढुवामा देखिएको छ।
चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा अलपत्रमा परेको छ। प्रहरी प्रधान कार्यालयको क प्र शाखाको रेकर्ड अनुसार भदौ देखि रीक्त (एसएसपी) पदको बढुवा राजनीतिक दलको नेताहरुको अनावश्यक दबावका कारण बढुवामा बाधा उत्पन्न भएको छ।
एक सातादेखि गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त बहादुर कुँवर बिच छलफल चलिरहे भए तापनि पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। गृहमन्त्री लेखकलाई उनको सचिवालयले तेस्रो र चौथो लटमा प्रहरी उपरिक्षक एसपी भएकाहरूलाई काखी च्यापेर बढुवा प्रक्रियामा अवरोध गरेपछि आइजीपी कुँवरले दोस्रो लटको पनि सिनियर एसपीहरूलाई मात्र एसएसपीमा बढुवा गर्न राखेका थिए। त्यसले गर्दा केही दिनदेखिको गृहकार्य पनि अवरोध भएको छ।
बुधबार साँझ (एसएसपी)को बढुवाका लागि गृह सचिव गोकर्ण दुवाडी, आइजीपी कुँवर र मानव स्रोत विभागका अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तयारी अवस्थामा रहे पनि गृहमन्त्री लेखकको समय नमिल्दा बढुवा रोकिएको थियो बिहिबार बिहानै गृहमन्त्री काठमाडौँ बाहिर गएपछि शनिबार साँझसम्म एसएसपीको बढुवा हुने सम्भावना निकै कमजोर भएको स्रोतको दाबी छ।
गृह मन्त्रालय श्रोतका अनुसार मन्त्रीको सचिवालय र आसपासबाट मन्त्रीको हवाला दिँदै एसएसपी बढुवाका लागि आइजीपीलाई अनावश्यक दबाब आएपछि गृहमन्त्री लेखक र आइजी बीच टक्कर परेको छ
लामो समयदेखि नेपाल प्रहरीको कामकाजी तहमा बढुवा नहुँदा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनमा समेत असर पर्ने बताइएको छ। एक वर्षको अवधिमा ८ जना (एआइजी) अतिरिक्त प्रहरी महानिरीक्षक मा बढुवा र आकाशमा जाँदा एसएसपी , एसपी, डिएस्पी, इन्स्पेक्टर बढुवाका आकाक्षी पाँच महिना देखी बढुवाको प्रतिक्षामा बसेका छन्। सरकारको ध्यान एआइजी बनाउनेमा मात्रै केन्द्रीत हुँदा एसएसपी बढुवा तथा अन्य पदका बढुवा समेत रुकेको छ।
कार्तिक यता इआइजीका रिक्त तीन पदमा बढुवा गरिसक्दा पनि एसएसपीको बढुवामा गृहमन्त्रालयले चासो दिएको छैन। छोटो अवधिका लागि अवकाश पठाउने गरिएको छ। तर एसएसपी बढुवाका लागि गृह मन्त्रालयले चासो दिएको छैन प्रहरी महानिरीक्षक (आइजीपी) कुँवरले धेरैपटक एसएसपीको बढुवा गर्न कोसिस गरे पनि गृहले ग्रिन सिग्नल अर्थातआदेश नदिँदा बढुवा अन्योलमा परेको छ। एसएसपी बढुवाका लागि गृह मन्त्रालय र एसपी तथा डिएसपी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मूल्याङ्कन गर्ने व्यवस्था छ। एसएसपी बढुवाका लागि गृह सचिवको संयोजकत्वमा मूल्याङ्कन हुन्छ भने एसपी र डिएसपी बढुवाका लागि आइजीपी अध्यक्ष रहेको समितिले मूल्याङ्कन गर्दछ। गत भदौ यता एसएसपीका २५ पद रिक्त भएका छन्। ती पदका लागि ४० एसपी प्रतिस्पर्धामा छन् यसबाट एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्को तर्फ बढुवामा ढिलाई हुँदा तल्लो तहसम्मको वृद्धि विकास प्रभावित भएको प्रहरी अधिकृतहरू सुनाउँछन्।
प्रहरी प्रधान कार्यालयले बढुवा तिहारी तीव्ररूपमा गरिरहेको जनाउँछ। आवश्यक तयारी भइरहेको छ चाँडै बढुवा हुनेछ प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए
भदौ १५ मा एसएसपीका १७ पद रिक्त भएका थिए। त्यसपछि एसएसपीका आठ पद रित भएका हुन्। पद खाली भएको चार महिनासम्म पनि पूर्ति नहुँदा कामकाज प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बनेको पनि बढुवाका आकांक्षीहरु शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ।
यसपटक २०५६ असार ३ र २० ५८ साउन १७ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत एसएसपी बढुवाका दावेदार हुन्।
अहिले बढुवा हुन लागेका एसपीहरु आफ्नो बढुवा पर्खाइमा रहेको तर यस्तो अन्योलमा परेका कारण आफूलाई चिन्ता लागेको कुरा नाम गोप्य राख्ने सर्तमा एकजना बढुवाको दाबेदार एसपिको भनाई थियो। अहिले सम्भत विमल बस्नेत, गोबिन्द अधिकारी, बिनोद सिलवाल, रमेश थापा, बिमल राज कँडेल कमल थापा, जनार्दन जिसी कृष्ण कोइराला, सन्तोष खड्का दिलीप घिमिरे, कृष्ण पगेनी, श्याम महतो, महेन्द्र खड्का सन्तोष सिंह राठौर अजय केसी, नवराज अधिकारी, अनुपम जबरा, बेद विष्ट, दयानिधि ज्ञवाली,
प्रहरी संगठनमा २०५७ साल देखी राजनीति छिरेको कुरा पुर्ब प्रहरी अधिकृतहरु बताउँछन्। दक्ष,काबिल होनहार अधिकृतहरु बेला बखत बढुवामा अन्याय भएको सहन नसकेर राजीनामा समेत गएका इतिहास छ