
पौष २९, सोमबार २०८१
उदेस पाण्डे
पर्सा ! केन्द्रीय अनुसन्धन ब्यूरो (सीआइबी) नेपाल प्रहरीको अनुसन्धान एजेन्सी हो। अपराध अनुसन्धन नियमित र गतिशील रुपमा बढिरहेको बेला अहिले सत्ता समीकरण फेरिए संगै सीआइबी जटिल तथा गहन प्रकृतिका अपराध अनुसन्धान तथा हाइप्रोफाइल मुद्दाहरुमा खासै उपलब्धि हाँसिल गरेको देखिँदैन केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबि) आम सरोकारका घट्नाहरुको अनुसन्धानमा जिम्मेवार देखिएको छैन्। सहकारी ठगि प्रकरणका मुख्य नाईकेको रुपमा रहेका जीबी राई लाई हाल सम्म पक्राऊ नपर्नु यसको गतिलो प्रमाण हुनजान्छ। (सीआइबी) समात्न सकेको छैन।
केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) को अभिव्यक्ति विश्वसनीयता, निष्पक्षता, र साहस हो। नेपालको संविधान (२०७२) को भाग -४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अंतर्गत धारा ५० (१) मा नागरीकको जिउ धनको संरक्षण मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता न्यायपूर्ण व्यवस्था कायम गर्ने राज्यको प्रमुख उदेश्य रहेकाे छ।
प्रहरी ऐन २०१२ को प्रस्तावनामा नेपाल प्रहरीलाई अपराध रोक्न र पता लगाउने तथा शान्ति सुव्यवस्था कायम राख्न उल्लेख छ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापा आए देखी खासै कुनै ठूलो अपराधको अपराधी तथा अन्य कुनै फरार अपराधी पक्राऊ परेको छैन। सीआईबीमा कार्यरत एक जना डिएस्पी फरार पिलरमा कार्यरत प्रहरी नायब उपरीक्षक डिएस्पी पुरूषोतम कार्कीको काज कर्णाली प्रदेश भयो कार्की बदनाम प्रहरी अधिकृत हुन। बीरगंज मुदामा कार्यरत हुदा गलती गरेकै कारण दैलेख काज भएको थियो। अहिले सीआइबिमा हुँदा समेत भएको बेला सीआईबी आलोचित भएको थियो तथा डिएस्पीले गरेकाे गल्ति ढाकछोप गरी निजलाई रवाना दिएर बाहिर पठाइयो नाम गोप्य राख्ने सर्तमा एकजना अधिकृतले बताए गल्ति गर्ने लाइ कार्वाही नै नगरी काजको के अर्थ रहयो।
वर्तमानमा अवस्थामा सीआईबीमा दक्ष अनुसन्धानमा अब्बल दर्जाका अधिकृतहरु कार्यरत छन् तर कार्य रिजल्ट नआउँदा अहीले सीआईबी आलोचित बनेको छ। सहकारी ठगि प्रकरणमा गोरखा मीडिया नेटवर्कका अध्यक्ष जीबी राई समात्न असफल बनेको छ केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) मा अन्य धैरै केसहरू छ जसको अनुसन्धन गर्ने निकाय (सीआईबी) सत्ता साझेदार दलका नेताहरु तथा उनीहरूको नजिकका मन्छे फस्ने सम्भावना रहेको कारण धैरै फाइल खोलिएको छैन ।
अहिलेका सीआईबी प्रमूख तथा नेपाल प्रहरी प्रमुख माथि विभिन्न किसिमका टिकाटिप्पणी हुनेगरेको छ।
स्वतंत्र संसद अमरेश कुमार सिंह हालका आइजी लाई काग्रेसको झोले भनेका थिए। रबि लामिछाने प्रकरणमा प्रहरीको दोहरो रोल देखिएको थियो सत्तामा हुँदा निर्दोष रहेकाे जिकिर प्रहरी प्रमुखले गरेका थिए लेखा समितिमा तर पछि रबि लाइ सीआईबीको टोली पक्राऊ गरौं यस भन्दा अगाडिका सीआईबी डाइरेक्टर महिला एआइजी लाई तत्कालीन सरकार कार्वाही समेत गरेकाे थियो।
अहीले सीआईबी प्रमूख एआइजी दीपक थापा असफल बन्दै गएको विभिन्न घट्ना क्रमले देखाएको छ