नगर प्रमुख चौहानको चौतर्फी आलोचना राष्ट्रिय झण्डा फेर्न नसकेको नागरिकको आरोप

  |

०७, सोमबार माघ २०८१
उदेस पाण्डे
पर्सा। पर्सा जिल्लाको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिका अन्तर्गत रहेकाे एरियामा स्वागत द्वार बनाइएको छ।
तर त्यहीं स्वागत द्वार माथि च्यातेको राष्ट्रिय झण्डा पोखरीया नगरपालिकाले फेर्न सकेको छैन ।
च्यातिएको राष्ट्रिय झण्डाको तस्बिर मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ।
नेपालकाे संविधान २०७२ काे धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चन्द्रकाे बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह् कोण युक्त सूर्यकाे सेतो आकार अङ्कित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो। राष्ट्रिय झण्डा र राष्ट्रिय गान सम्बन्धी कार्यविधि २०६९ मा राष्ट्रिय झण्डा भन्नाले दफा ३ बमोजिमकाे राष्ट्रिय झण्डा सम्झनुपर्छ।
नेपालकाे राष्ट्रिय झण्डा फेर्न नसकने नगर प्रमूख, उप प्रमुख नगर क्षेत्रमा कस्तो विकाश गरेका होलान् सहजै अनुमान लगाउन सकिन्छ अहीले पोखरीया नगरपालिका अन्तर्गत रहेकाे वडाहरुमा सडक तथा नालाको विकाश हुन सकेको छैन पोखरीया नगरपालिका अन्तर्गत रहेकाे श्रीसिया गाउँमा समेत सड्क लाई च्यापेर बसेका तथा सड्क समेत मर्मत कार्य नहुँदा दिनहुँ बाइक चालक, साईकल तथा यात्रुलाई यात्रा गर्दा असहज हुनेगरेको एक स्थानियले मधेशभ्युज डट्कम संग बताएकाछन् उनका अनुसार यो सड्क मर्मत अर्थात् कालोपत्र गर्न जिम्मा लिएका ठेकेदार अहीले सम्म कार्य आरम्भ नगर्दा समेत नगर प्रमुख एकसब्द समेत बोलेका छैनन् कारण छ् ठेकेदार नगर प्रमुखकै पार्टीका नेता हुन्
अहिले यो राष्ट्रिय झण्डा च्यातिएको देखेर धेरैले नगर प्रमुख माथि विभिन्न किसिमका टिकाटिप्पणी गर्न थालेका छन् अन्य जनप्रतिनिधि भन्दा फरक खालका नगर प्रमुख प्रधुमन् प्रसाद चौहान विकाश तथा शिक्षाको क्षेत्रमा सुधार ल्याउन नसकेको आरोप स्थानियले लगाएका छन्।
राष्ट्रिय झण्डा फेर्न नसकने पोखरीया नगरपालिका तर बेला बेलामा हुने मीटिंग तथा सेमिनारकाे नाममा राज्यकोष दोहन् गर्दै आएको छ।
ग्रामीण क्षेत्रमा पोखरीया नगरपालिका वीरगन्ज पछिको दोस्रो सदरमुकामको रूपमा रहेको छ।
तर यहाँ खासै नागरीकले महसूस गर्ने युवाहरु लाभ् लिने खालको विकाश हुन सकेको छैन।
नाम गोप्य राख्ने सर्तमा एकजना शिक्षककाे अनुसार पोखरीया नगरपालिका अहीले कर्मचारी भर्ती केन्द्र बनेको छ कति स्कुलमा विद्यार्थी भन्दा बढी शिक्षक नियुक्ति गरिएको छ गुणस्तरिय शिक्षामा मेयरको ध्यान छैन नगर क्षेत्रमा कर्मचारीहरुमा समेत काखापखा गरिएको कुरा बताए। राम्रो कर्मचारीको मनोबल उच्च हुनुको सट्टा मनोबल गिरेको छ।
नगर प्रमुख बेलाबेलामा ५२ बिगाहा अतिक्रमण भएको जग्गा निकाल्ने काम हुँदै आएको बताएका थिए तर त्यो कुरा अहीले हराएको छ।२०३९ साल देखि लालपुर्जा लाउने काम हुँदै आएको बताएका थिए तर अहीले सम्म कुनै उपलब्धि हाँसिल गरेको देखिँदैन