
०९, माघ २०८१ बुधबार
उदेस पाण्डे
पर्सा! जिल्ल प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख (एसपी) कुमोध ढुङ्गेल लाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ। सशस्त्र प्रहरी बल काे मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले प्रहरी उपरीक्षक (एसपी) कुमाेध ढुङ्गेल लाई प्रसंसा पत्र प्रदान गरेका हुन।
सशस्त्र प्रहरी द्वारा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा एसपी ढुङ्गेल लाई एपिएफ कमेनडेसन प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
जिल्ल प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख एसपी कुमोध ढुङ्गेल जिल्ल प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हाले देखी जिल्लाको शान्ति सुरक्षा कायम गरि सिमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रमा समेत राम्रो भुमिका निर्वाह गरेका छन्।
पर्सामा रमेश खरेल जस्तो नागरिकमा लोकप्रिय बनेका ढुङ्गेल संगठनमा अब्बल अधिकृतको रूपमा परिचित छन्
एसपी कुमोध ढुङ्गेल लाई प्रसंसा पत्र प्रदान गरेका सशस्त्र प्रहरी बल अहीले आफ्नो संगठन देखी बाहिर आम नागरीकले समेत खुलेर प्रशंसा गरेका छन्। नेपाल प्रहरीकाे पुर्ब प्रहरी नायब महानिरीक्षक डिआईजी भन्छन् काबिल अधिकृतको मनोबल यसले झन् बढेको छ यो प्रसंसा पत्र दुबै संगठनमा थप आपसी सहयोग सदभाव कायम गरेको छ।