तानाशाही रवैया अपनाउँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्याल: बिबादित पात्र सम्मानित हुँदा कर्तब्य निष्ठ अधिकृतहरु मुखदर्शक

  |

१०, माघ २०८१ बिहीबार
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल नेपालको २४ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल पुरस्कार वितरणमा राणा शासनको झल्को देखाएका छन्। राम्रो अधिकृत भन्दा पनि हाम्रो अधिकृतहरु पुरष्कृत भएका छन्
सशस्त्र प्रहरी दिवसको अवसरमा आइजि द्वारा पुरष्कृत गरीएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएस्पी) शैलेन्द्र थापा तिन पटक पुरस्कार पाएका भाग्यमानी सशस्त्र प्रहरी अधिकृत हुन सिसम ७ का थापा बैसिक तालिममा मर्यादाक्रममा निकै पछाडि रहेका थापा लाई बढुवाको बेला माथि तानेर ल्याइयो। सशस्त्र प्रहरी बल हल्चौकमा हलेर जागिर खाँदै पुरस्कृत हुँदै गर्दा युनिटमा आफ्नो पेशा प्रति पुर्ण जिम्मेवार रहि इमान्दारी पूर्वक कार्य गरिरहेका कमाण्डर निराश भएका छन्।
आइजी द्वारा प्रसंसा पत्र पाउने अर्को पात्र हुन् नेपाल प्रहरीकाे प्रहरी उपरीक्षक रवीन्द्र सिंह जो २०६० सालमा सशस्त्र प्रहरी बलमा अधिकृतको रूपमा सेवा प्रवेश गरी वैसिक तालिम बाट भागे तर त्यहीं पात्र लाई सशस्त्र प्रहरी दिवसको अवसरमा आइजी द्वारा प्रसंसा पत्र प्रदान गरिएको छ।
यो पुरस्कार वितरणमा देखिएका त्रुटिहरू बारे सशस्त्र प्रहरी बल मा सिस्म २ का अधिकृतहरु तथा सिस्म ३ का अधिकृतहरुको मनोबल निकै गिरेको छ। नाम गोप्य राख्ने सर्तमा एकजना सशस्त्र प्रहरीका सिनियर अधिकृतको भनाई थियो तराई बाट कार्वाही स्वरूप तानिएका अधिकृतहरु फिर्ता भए तर निम्न स्तरका सशस्त्र प्रहरीहरु लाई समय समयमा विभागिय कार्वाही गरिएको छ। सशस्त्र प्रहरीका अधिकृत फिर्ता देखि नै सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरु निराश भएका छन्। कसैलाई गल्ति ढाकछोप गरी फिर्ता गर्ने कसैलाई गल्ति प्रमाणित नभएको अवस्थामा पनि कमाण्ड बाट तान्ने प्रवृत्तिले सशस्त्रमा तरंग पैदा भएको छ। धनुषाकाे कमाण्डर तानिएको अधिकृत मध्य सबै भन्दा बिबादित पात्र एसपी गिरी डिएस्पी विदुर तर शक्तिकेन्द्रकाे अगाडि संगठन लाई खुल्ला चैलेन्ज गरे र फिर्ता समेत भए यो प्रकरणमा बिभाग देखि नागरिकको चासो समेत रहेको थियो । उक्त प्रकरण संगठन बदनाम बन्यो।
सशस्त्र प्रहरी महानिरीक्षक आइजी १८ बैशाख देखि संगठन प्रमुखको रूपमा जिम्मेवारी सम्भाले देखि केही स्वार्थी समुह लाभ लिइरहेका कुरा एक जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी ले नाम गोप्य राख्ने सर्तमा बताएका छन्।
यता तराईका जिल्लाहरुमा विभिन्न मिति र समयमा सशस्त्र प्रहरीका केही कमाण्डर राम्रो कार्य गरे पनि संगठनको मूल्याङ्कनमा परेनन्
सशस्त्र प्रहरीको आइजी तराईबासी लाई समेत हेपेर हिडिरहेका कुरा एक जना पुर्ब मन्त्रीले सुनाए उनका अनुसार सशस्त्र प्रहरी दिवसको अवसरमा एक जना पनि तराई तिरको नागरिक लाई सम्मानित गरिएको छैन्
सशस्त्र प्रहरी बल नेपालको प्रमुख राजु अर्याल भएको बेला हिमाल, पहाड, तराई सबै क्षेत्रको नागरीकले अपेक्षा गरिएको थियो १२ औं सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल उत्कृष्ट कार्य गर्ने भन्ने आशा आहिले निराशामा परिणत भएको छ।