इन्सपेक्टर थापा एक्सनमा :प्रहरी द्वारा लागु औषध गाँजा फडानी तथा अवैध बालुवा गिट्टी बोक्ने ट्रैक्टर नियन्त्रणमा

  |

१७, माघ २०८१ बिहीबार
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली को (इन्स्पेक्टर) प्रहरी निरीक्षक प्रकाश थापाकाे कमाण्डमा खटिएको टोली द्वारा अवैध रूपमा लगाइएको लागु औषध गाँजा फडानी तथा अवैध रूपमा बालुवा उत्खनन् गरी ल्याउँदै गरेको ट्रैक्टर नियन्त्रण लिएको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
ईलाका प्रहरी कार्यालय पेटरवा सुगौली आहिले एक्सनमा देखिएको छ। ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा आए देखि उक्त क्षेत्रमा शान्ति सुरक्षा, रात्रि गस्ती तथा घटनास्थलमा प्रहरी तुरुन्तै पुग्ने गरेकाे छ
बिभिन्न काम विशेषले उक्त प्रहरी कार्यालयमा सेवाग्राहीहरु जाँदा प्रहरीलेसेवाग्राहीको कार्य प्रति पूर्ण रूपमा तदारुकता देखाएको छ।
ईलाका प्रहरी कार्यालय पेटर्वा सुगौली तथा प्रहरी चौकी रङपुर टाँडी को चौकी (ईन्चार्ज) प्रहरी सहायक निरीक्षक रवीन्द्र यादव काे संयुक्त टोली द्वारा सुगौली गाउँपालिका वडा नम्बर २ टोल फरकट्टी स्थित अवैध रूपमा लगाइएको लागु औषध गाजाको बोट बिरुवा अन्दाजी ६ कठा जग्गा काे ३२०० बोटबिरुवाहरु फडानी गरि प्रहरी द्वारा सोही ठाउँमा नष्ट गरिएको छ।
यसैगरी ईलाका प्रहरी कार्यालय पटेर्वा द्वारा मिति २०८१/१०/१४ गते ११:३० बजे काे समयमा ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौली बाट खटेका प्रहरीले अवैध रूपमा उत्खन्न गरी ल्याउँदै गरेकाे बालुवा सहित ट्रैक्टर नियन्त्रण लिएको छ।
जिल्ल जगर्नाथपुर गाउँपालिका ४ मोर टोल स्थित प्र २-०३-००१ त ४४३० नं को बालुवा लोड ट्र्याक्टर नियन्त्रमा लिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली आहिले नागरीकले अपेक्षा गरे अनुसार कार्य गरिरहेका एक स्थानीय सुरेश चौधरीले बताए इप्रका मातहत पर्ने चौकीहरु पनि आहिले इन्स्पेक्टर प्रकाश थापाको कडाई पछि राम्रो कार्य गरिरहेका कुरा एक जना वडा अध्यक्षले यस मधेशभ्युज लाई जानकारी गराए