
२२, माघ २०८१ मगंलवार
उदेस पाण्डे
पर्सा। सिमावसी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बाराको आयोजना तथा प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपाती बाराको समन्वयमा विद्यालय रङरोगन कार्य सशस्त्र प्रहरीले गरेको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल बाराको कमाण्डरको रूपमा सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंह आए देखि जिल्लाको सिमा सुरक्षा, तस्करी, अबैध गतिबिधि रोक्न सशस्त्र प्रहरी पुर्ण रुपमा तदारुकता देखाएको छ तथा नियन्त्रण गर्न समेत सफल भएको विभिन्न मिति र समयमा सशस्त्र प्रहरी द्वारा बरामद गरिएको समानले पुष्टि गरेको छ।
सशस्त्र प्रहरी संगठनमा बौद्धिक, शान्त, कमाण्ड कन्ट्रोलमा अब्बल, प्रोफेसनल बोल्ड,सशस्त्र प्रहरी अधिकृतको रूपमा परिचित सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंह लो प्रोफाईलमा बस्न रुचाउने अधिकृत हुन।
श्री पञ्चमीको अवसरमा पहिला देखि जीर्ण रहेको श्री नेपाल प्राथमिक विद्यालय मनसागरा ढाट सिम्रौनगढ नगरपालिका १ बारा स्थित रहेको दुई वटा स्कुलको भवनमा रंगरोगन गरी प्राचार्य तथा उक्त स्कुलमा अध्यनरत बिधार्थी प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातिको प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएस्पी) प्रदीप थापाले रंगरोगन गरी विद्यालयमा संचालन कार्यक्रम समुद्घाटन गरेका थिए
सशस्त्र प्रहरी सिमाबासी सँग सुमधुर सम्बन्ध स्थापित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।