प्रहरी द्वारा ६० किलो लागुऔषध गाँजा बरामद: चालक लाई ईन्चार्जले भगाएको स्थानीयको आरोप

  |

२२, माघ २०८१ मगंलबार
उदेस पाण्डे
पर्सा। प्रहरी चौकी अमृतगज खजानि बारा द्वारा नियन्त्रण लिएको ६३ किलो लागुऔषध गाँजा बरामद सँगै एउटा प्रश्न समेत उठेको खबर छ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका प्रहरी चौकी खजानि लागुऔषध गाँजा बरामद गरे तर चालक भगाएको आरोप लागिरहेको छ विभिन्न मिति र समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी ईन्चार्ज खजानि सयुक्त रुपमा गाँजा नियन्त्रण लिएको प्रहरीको बरामदि मुचुल्कामा देखिएको छ तर प्रहरीले मुख्य कारोबारी लाई पता लाउन सकेको छैन।
मिति २०८१/१०/२० गते अन्दाजी २१:४० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी अमृतगज खजानिको सयुक्त रुपमा खटिएका प्रहरी टोलीले जिल्ला बारा सुवर्ण गाउँपालिका ३ बक्तौरा स्थित नेपाल बाट भारत तर्फ जाँदै गरेको बागमती प्रदेश -०२०४१ प ४७३७ र ना ६३ प ३९८८ नं को मोटरसाइकल चालकले आलुगौसध गाँजा लिएर गइरहेको थियो प्रहरीले विशेष सूचनाको आधारमा उल्लेखित मोटरसाइकल नं लाई पछि गर्दा निजहरु गाँजा तथा मोटरसाइकल छोडी भागेको प्रहरी प्रतिवेदनमा जनाइएको छ
तर प्रहरीले गाँजा बरामद गरे सँगै प्रहरी चौकी ईन्चार्ज मनोज यादव माथि नैतिक प्रश्न उठेको छ। गाँजा बरामद गर्न सक्ने प्रहरी बाईक चालक लाई नियन्त्रणमा लिन किन असफल भयो।
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत चौकीमा रहेको बेला प्रहरी सहायक निरीक्षक मनोज यादव हाकिम लाई झुक्याएर विभागीय निति निर्देशन विपरीत खातामा रकम लिएको तथा अन्य गल्ती पुष्टि भएको कारणले गर्दा निलम्बनमा समेत परेका थिए। तत्कालीन समयमा प्र स नि मनोज यादव तस्करको गाडी छोड्न वापत रकम लिएको आरोपमा निलम्बनमा परेका थिए अहिले पुनः खाजानि चौकी ईन्चार्ज रहेका मनोज यादव विवादमा परेको कुरा नाम गोप्य राख्ने शर्तमा एकजना प्रहरी बताए
उनका अनुसार प्रहरी चौकी ईन्चार्ज मनोज यादव पावरको बलमा प्राय बाहिर बस्ने चौकीमा हुँदैन कहिले काठमाडौं कहीं कहाँ अन्य जुनियर प्रहरी अधिकृत बिदा लिन सिस्टम कुर्नुपर्छ तर मनोज लाई त्यो लागु हुँदैन जहिले पनि चौकी ईन्चार्ज तथा घुमुवा बसेर हलेर जागिर खाने गरेको कुरा मधेशभ्युज संग गोपनीयता भगनगर्ने शर्तमा बताए
प्रहरी चौकी खजानिमा घुमुवा प्रहरीको रूपमा रहेको सत्रुधन सहनि केही दिन पहिला बिबादास्पद कार्य गरेको कुरा थाहा माथिल्लो कार्यालय सम्म पुग्दा जिल्ला प्रहरी कार्यालय बारा प्रमुख निज प्रहरी जवान लाई जिल्ला तानेका थिए।
जुनियर प्रहरी भित्र मनोज जहिले पनि विवादको पात्र बने कहिले व्याजिहरु संग विवाद त कहिले विनाकारण ईन्चार्ज बाट हटाइएको मनोज जुनियर प्रहरी भए पनि साथिहरुमा फुर्ती देखाउन कहिले उपेन्द्र यादवको धाक त कहिले यादव सांसदको धाक देखाउँछन् जिल्ला प्रहरी कार्यालय बारा भित्र अहिले मनोजको कार्य शैली माथि अनेकौं किसिमका टिकाटिप्पणी उठिरहेको छ तर पनि कसैले मनोज लाई कुनै किसिमको कार्वाही गर्न आँट गरेको छैन।
जिल्ला प्रहरी कार्यालय बारा मातहत कार्यरत एक जना सिनियर प्रहरी अधिकृत नाम गोप्य राख्ने शर्तमा भने प्रहरीले पछाडि गरिरहेको अवस्थामा चालक कसरी भागन सक्छ त्यो पनि उक्त एरिया बाट जहाँ चारै तिर पुलिसको घेरा छ। प्रहरी संग प्रयाप्त जनशक्ति छ।