अब्बल एआईजीको अवकासको ४० दिनअघि राजीनामा

  |

२७, माघ २०८१ आईतबार
उदेस पाण्डे
पर्सा। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन प्रहरी इतिहासमा यो राजीनामा लाई अहिले अर्थपुर्ण, पुर्वाग्रहको कारण राजीनामा भएको कुरा बुझिएको छ।
मधेशभ्युज डट्कमले राजीनामाको बारेमा विस्तृत बुझ्दै जाँदा एआईजी राजीनामा दिन बाध्य पारिएको कुरा नाम गोप्य राख्ने शर्तमा एक जना गृह मन्त्रालयको उच्च अधिकारीले बताए।
नेपाल प्रहरीमा अहिले एआइजीको राजीनामाले तरंग ल्याएको छ।
प्रहरीको सिनियर अधिकृतको रूपमा सेवामा प्रवेश गरेका दिन देखि अवकाशको दिन सम्म राम्रो कार्य गर्छु भन्ने हरेक अधिकृतको चाहना हुन्छ अवकाशको ४० दिन नजिक आएर अनिवार्य अवकाश जाने बेलामा यो राजीनामा दिएका कारण अहिले सबैले आफ्नो तवरबाट अनुमान गरेर यो राजीनामा बाध्यात्मक अवस्था हो भनेर सबैले अनुमान गरेका छन्।
प्रहरी भित्र अब्बल, सफल, इमान्दार कमाण्डरको रूपमा परिचित एआईजी वीरगञ्जमा टवाइसको रूपमा बसदा धैरै राम्रो कार्य गरेका थिए। हालै प्रदेश प्रमुखको रूपमा कार्यरत रहँदा उनले निकै राम्रो पुलिसिङ गरेका थिए। एआईजी रवीन्द्र केसीको राजीनामा सँगै अनेकौं प्रश्नहरू सामाजिक संजालमा आइरहेको छ
एआईजी रवीन्द्र केसी प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेपछि भोलिको मन्त्रिपरिषदले निर्णय गर्ने कुरा बुझिएको छ
अबउनको ठाउँमा खाली रिक्त उक्त पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टाराईको वढुवा हुने पक्का भएको छ। प्रहरीमा अहिले राजीनामा दिनको सख्या ह्वात्तै बढेको छ सिनियर प्रहरी पनि समयमा वढुवा नहुँदा कतिपैले राजीनामा दिने गरेका छन् गत वर्ष प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपि अनुराग द्विवेदीले समेत राजीनामा दिएका थिए द्विवेदी प्रहरी संगठनमा विभेदमा पारिएका अधिकृतको रुपमा रहेका छन् अर्का काबिल प्रहरी अधिकृत बढुवामा अन्याय हुँदा प्रहरी उपरीक्षक आभूषण तिमल्सिना समेत राजीनामा दिएका थिए।
प्रहरी संगठन प्रमुख काबिल नहुँदा अहिले संगठनमा राम्रो प्रहरी अधिकृतहरु निराश भएका छन्
अबको चालीस दिन पछि सरकारले नयाँ प्रहरी प्रमुख समेत नियुक्त गर्ने छ जसमा अहिले कार्यरत दुई जना एआईजी प्रतिस्पर्धामा रहेका छन् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी अर्का पात्र हुन् प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा