अवकाश पछि पनि सक्रिय जीवनमा रमाइरहेका पुर्ब एसपी राजेन्द्र बाबु रेग्मी

  |

१६, शुक्रबार २०८१ फाल्गुन
उदेस पाण्डे,
पर्सा। नेपाल प्रहरी नेपालको गैरसैनिक प्रहरी सेवा हो। यसको औपचारिक स्थापना विक्रम सम्वत २०१२ सालको प्रहरी ऐन जारी भएपछि आश्विन महिनामा भएको हो। नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा,सुरक्षा, अग्रेजीमा Truth,Service Security शान्ति सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रुपमा परिचालन गर्न पुलिस फोर्स गठन भएको हो।
२००७ सालको क्रान्तिपश्चात् नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाइहरूलाई संगठित रुपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लाइएको थियो।
देश सेवा जस्तो पवित्र कार्य सबैको भाग्यमा हुँदैन त्यसमा पनि प्रहरीको जागिर यस्तै एकजना होनहार कर्तव्य निष्ठ इमान्दार युवा २०५१ सालमा प्रहरी सेवामा प्रवेश गर्छ नेपाल आमाको,देशको माटोको, नागरिकको सुरक्षाको लागि पूर्णरुपमा समर्पित पुर्ब एसपी राजेन्द्र बाबु रेग्मी अवकाश पछि पनि सक्रिय जीवनमा रमाइरहेका छन्
नेपाल प्रहरीको जागिरको दौरान प्रहरी निरीक्षक इन्सपेक्टर हुँदा दीपेन्द्र पुलिस स्कुल बेलचौतारा करिब २९ महिना सफल रूपमा समादेशकको रूपमा कमाण्ड गरे संगठनमा आवस्यकता अनुसार परेको विभागीय निति नियम अनुसार वीरगन्ज गुल्मपतिको रूपमा १७ महिना बिताए ईलाका प्रहरी कार्यालय मुग्लिम्मा कार्यालय प्रमुखको जिम्मेवारीमा २७ महिना कार्यकाल रहयो प्रहरी नायब उपरीक्षक डिएसपी पदमा प्रमोशन पछि टवाइसीको रूपमा जिल्ला प्रहरी कार्यालय महोत्तरी ११ महिना जिल्ला प्रहरी कार्यालय बारा पनि एक वर्ष रहेर राम्रो कार्य विभागले राम्रो काबिल अधिकृतको मूल्यांकन गरी जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा मनाङ खटायो त्यहाँ १६ महिना सफल कमाण्ड गर्दा उत्कृष्ट प्रहरी सेवा गरे संगठनको नाम शान बढाए। जिल्ला प्रहरी कार्यालय मुगुमा १३ महिना पछि प्रहरी उपरीक्षक पदमा बढुवा भएर जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रमुख एसपीमा १५ महिना तथा सफतापूर्वक निर्वाचन समेत गराएका थिए जागिरकै दौरानमा काठमाडौं सर्बोच्च अदालत एक वर्ष तथा सुनवल गण समेतको कमाण्ड गर्न सफल प्रहरी अधिकृत रेग्मी जहाँ बसे राम्रो छाप छोडे सेवा बाट अनिवार्य अवकास प्राप्त हुँदा पनि लोकप्रिय छन् प्राय प्रहरीका उच्च अधिकृत गुमनाम रहेको नेपाली परिप्रेक्ष्यमा पुर्ब एसपी रेग्मी विभिन्न रचनात्मक कार्यमा सक्रिय रहेका छन् पुर्ब एसपी मधेशी समुदालाई समेत सधै सम्मान गरेरको चर्चा बेलाबखतमा हुनेगरेको छ
मधेशभ्युज डटकम लाई प्राप्त सुचना अनुसार पुर्ब एसपी राजेन्द्र बाबु रेग्मी प्रहरी संगठनमा एक सफल, हकि निडर,तथा कुशल कमाण्डरको रूपमा प्रहरी संगठनमा परिचित थिए। अहिले रेग्मी संग प्राय युवाहरु सलाह सुझाव तथा आफ्नो सेलिब्रेटीको रूपमा लिइरहेका छन।