तराईका जिल्ला प्रहरी कार्यालयहरुमा:बिचौलियाको ट्याग लागेका ब्यक्तिहरुको दबदबा

१८ आईतबार २०८२ जेष्ठ
उदेस पाण्डे
पर्सा! मधेश प्रदेशको जिल्ला प्रहरी कार्यालयहरुमा बिचौलियाहरुको रजगज हुन थालेको खबर छ।
बिचौलिया भनेको झगडीयाबीच मिलाउँछु भनी लेनदेनमा संलग्न हुने व्यति लाई बिचौलिया भनिन्छ।
नेपाल बारले २०६४ मा “क्वाइन”गरेको यो शब्द लाई सर्वोच्च अदालतका चार न्यायधिशले २०६६ सालमा वैधानिकता दिएपछि प्रयोगमा ब्यापक पाएको हो।
प्रहरी कार्यालयहरुमा दिनहुँ सेवाग्राहीहरु आफ्नो विभिन्न किसिमको कार्यले गर्दा प्रहरी कार्यालय आउँने गर्दछन् मधेश प्रदेशको प्रहरी कार्यालयहरुमा सबै भन्दा बढी चाँप मुद्दा शाखा तथा महिला बालबालिका शाखामा हुने गर्दछ।
प्रहरीले आम नागरिकको लागि दिने सबै प्रकारको सेवा बिना शर्त अर्थात फ्रिमा दिने काम गर्छ तर पनि प्रहरी कार्यालयहरुमा बिचौलियाहरुको पहुँच बढ्न थालेको एक प्रारम्भिक अनुसन्धानले देखाउँछ।
हरेक जिल्लामा मुदा शाखा, उजुरी छानबिन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, अनुचित लेनदेन शाखाहरुमा सेवाग्राहीहरु सेवा लिन आउँदा तराईमा भनसुन गराएर मात्र आउँने गर्दछन् केही मात्रामा कोई कोई सेवाग्राही बिना कसैको भनसुन पनि आउँछ। कानुन बमोजिम प्रहरीले गर्ने सबै कार्यहरुमा कुनै प्रकारको सर्त अर्थात पैसा लाग्दैन तर पनि बिचौलिया हाबी भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालयहरुमा अहिले कतिपै बिचौलियाहरु बिभिन्न आवरण बनाई जिल्लामा बस्ने आम सर्वसाधारण जनतालाई गुमरहमा पारी उसको सिधपनको फाईदा उठाउदै आइरहेका छन्
मधेश प्रदेशको केही सरकारी कार्यालयहरुमा विगतका वर्षमा प्रहरी छापामारी गरी बिचौलिया पक्राउ गरेको थियो।
तर प्रहरी आफ्नै कार्यालयहरु बाट बिचौलिया पक्राउ गर्न सकेको छैन।
मधेश प्रदेशमा कार्यरत एक जना सिनियर प्रहरी अधिकृत नाम गोप्य राख्ने शर्तमा भने अहिले मधेश प्रहरी कार्यालयहरुको मुदा शाखा बिचौलियाहरुको बैठक कोठा बनेको छ। प्रहरी कार्यालय बाट छिट्टो फाईल अदालत लग्दिने बहाना तथा मुदा कम्जोर बनाई दिने बहाना बनाउँदै सेवाग्राही लाई ठगिरहेका छन् यसमा हाम्रो प्रहरीको पनि भुमिका संकास्पद छ
मधेश प्रदेशको जिल्लाहरूमा प्रहरीका हाकिम लाई आफ्नो नजिक बनाउने अनेकौं हतकण्डा अपनाउने पछि स्वार्थ अनुसार काम लिने देखिएको छ
नेपाल सरकार गृहमन्त्रालय मातहत रहेका प्रहरी बेला बेलामा मुदा शाखा तथा महिला बालबालिका शाखामा कार्यरत केही प्रहरी कर्मचारीहरुले गर्दा बेला बखतमा बद्नाम हुने गरेको छ
जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन मुदा शाखा प्रमुख डिएस्पी ओम प्रकाश खनाल तथा प्रहरी निरीक्षक पुरुसोतम कार्की लाई काज गरेको थियो मुद्दामा नराम्रो कार्य गरेको कारण लखेटेको थियो
विभिन्न मिति र समयमा गलत गर्ने प्रहरीलाई विभागले कार्वाही समेत गरेको छ।
नागरिक प्रहरी सम्बन्ध पबित्र गंगा नदीको जस्तो हुनु पर्ने हो तर अहिले बिचौलियाले गर्दा सम्बन्धमा खाडल परेको छ।