टेर्दैनन लेखापालहरु: चौकी ईन्चार्जको गुनासो

२२, बुधबार २०८२
उदेस पाण्डे
पर्सा! मधेश प्रदेशका प्रहरी कार्यालय तथा मातहतका लेखापालहरुको कारण इन्चार्जको रूपमा प्रहरी युनिटहरुमा खटेका कमाण्डरहरु हैरान बनेका खबर प्राप्त भएको छ।
हरेक जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालयहरुमा लेखापालको रूपमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालयमा जुनियर प्रहरी अधिकृत लेखापालको रूपमा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन शाखाले खटाइएको हुन्छ। हरेक जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालयहरुमा गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको अनुसार बजेट समेत आएको हुन्छ तर ग्रामीण क्षेत्रमा प्रहरी चौकीहरुमा लेखापालहरु कहिले पनि ईन्धन खर्च तथा मोबाइलको रिचार्ज फर्निचरको समान दिँदैनन चौकी ईन्चार्जले माग्दा समेत लेखापलहरु आलटाल गरेर फिर्ता पठाउँने गरेका कुरा नाम गोप्य राख्ने शर्तमा एकजना चौकी ईन्चार्जले मधेश भ्युज संग बताए।
तराईका प्रहरी चौकीहरुमा प्राय ईन्चार्ज बाईकले गस्ती गर्नु पर्ने हुन्छ घटनास्थलमा प्रहरी चौकी बाट प्रहरी पठाउँदा होस् वा मानिस उपस्थितिको काम होस ईन्चार्जले दिनमा बाईक कुदाउनु देखि फोन गर्दा समेत खर्च हुन्छ तर सम्बन्धित मातहतका लेखापालहरु यस प्रकारको कार्य अर्थात खर्चको कुनै वास्ता गर्दैनन्
अहिले प्राय ग्रामीण क्षेत्रहरुमा प्रहरी चौकी ईन्चार्जहरु गाउँपालिका तथा नगरपालिका संग पेट्रोल माग्ने गरेका छन्
गहन अनुसन्धान गर्ने हो भने धैरै चौकी ईन्चार्ज जनप्रतिनिधि संग तेल मागेर काम गर्ने गरेका छन् यसरी मागिएका कुपनमा अहिले बिबाद हुँदा ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज डिएसपी समेत तानिएको खबर छ।
यसरी जनप्रतिनिधि संग तेल मागेर काम गर्न गाह्रो भइरहेको कुरा एक जना जुनियर प्रहरीले बताए।
अहिलेको आधुनिक समयमा समेत प्रहरीको चौकीहरुमा बटम वाला मोबाईल छ। कहीं नेटवर्कको समस्या छ।
मधेश भ्युजले विभिन्न मिति र समयमा समन्धित निकाय लाई तगादा गराएको भएतापनि पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तत्कालीन चौकी ईन्चार्ज प्रहरी बरिष्ठ निरीक्षक हिमाल भण्डारी संग गुनासो गर्दा वहाको जवाफ थियो यहाँ नमस्तेको टावर टिप्दै जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी चौकी मुसहरवाको समेत सिवजी नम्बरमा समस्या आएको हुँदा जिल्ला प्रहरी कार्यालय बाराको सुचना अधिकारी डिएस्पी लाई भनिएको थियो।
तराईका जिल्लाहरुमा भारत संग सिमाना नजिकका प्रहरी चौकीहरुमा नमस्ते NTC को फोनमा समस्या आएको हो।
तर अहिले सम्म सम्बन्धित मजकुर कार्यालयले कुनै तदारुकता देखाएको छैन।
ग्रामीण क्षेत्र तिर कतिपय चौकीहरुमा कार्यालयको बोर्ड समेत च्यातिएको छ।
नाम गोप्य राख्ने शर्तमा एक जना प्रहरी अधिकृतका अनुसार जिल्ला प्रहरी कार्यालयमा जुनियर अफिसर व्यारक जवान ब्यारक तथा मातहतका व्यारकहरुमा सिपाही हवल्दार आफ्नो पैंसाले यो प्रचण्ड गर्मीमा पखा किनेर हालेका छन् तर लेखापलहरू दिएनन् जिल्लाको हिरासत व्यस्थापन शाखा, महिला बालबालिका शाखामा तथा अन्य चौकीहरुमा समेत अनेकौं दैनिक बजट भए पनि खर्च हुँदैन जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालयहरुमा सामाजिक सुरक्षा खर्च, दशैं खर्च पुजा खर्च को बजेट आउँदा समेत पनि कहिं कुनै ईन्चार्ज लाई लेखपालहरहरु खर्च गर्न दिदैनन।
प्रहरीमा लेखपालहरु हाकिमका नजिकका प्रहरी हुन सिप्रअ समेतले टुलुटुलु हेरेर बस्न बाहेक अरु कुनै अवस्था छैन।
नाम गोप्य राख्ने शर्तमा एक जना चालकले बताए गाडी मर्मत गर्नु पर्छ भन्दा भन्दै एक महिना भो अहिले सम्म मर्मत भएको छैन यो हाल छ।