२३, शुक्रबार २०८२ जेष्ठ
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय सिमरा बारामा कार्यरत प्रहरी नायब उपरीक्षक डिएसपी सुभद्रा वाईबा राम्रो कार्य गर्दा गरिँदै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ।
ईलाका प्रहरी कार्यालय सिमरा बारामा इन्चार्जको रूपमा डिएसपी वाईबा आए देखि एक निडर, साहसी कर्तब्य निष्ठ प्रहरी अधिकृतको रूपमा काम गरिरहेकी थिइन् ईलाका प्रहरी कार्यालय सिमरा मातहत रहेका एक औषधि फेक्ट्रीमा मजदुरहरु आफ्नो माग राखेर आन्दोलन गरिरहेको बेला फिल्डमा आफै खटेर उक्त आन्दोलन मिलाएको महिला डिएसपीको कार्यकालमा ईलाका प्रहरी कार्यालय सिमरा मातहत रहेका प्रहरी चौकी अमलेखगज प्रहरी चौकी पथलैया ईलाका प्रहरी कार्यालय जितपुरले राम्रो काम गरेको कुरा विभिन्न मिति र समयमा बरामद लागुऔषध नियन्त्रण तथा तस्करीको लताकपडाले देखाउ छ। ईलाका प्रहरी कार्यालय सिमरामा सेवाग्राहीको रूपमा प्रहरी कार्यालय पुग्ने सेवाग्राही काम कानुन बमोजिम हुन्थ्यो।
डिएसपी वाईबा आगमन भए देखि उक्त नगर एरियामा शान्ति सुरक्षाको प्रत्याभूति नागरिकले गरेका थिए।
तराईमा अहिले धैरै ठाउँहरूमा प्रहरीको कार्य शैलीले गर्दा नागरिक प्रहरीको दुरी बढिरहेको अवस्थामा डिएसपी वाईबा संग नागरिक सम्बन्ध राम्रो रहेको विभिन्न कार्यक्रम तथा नागरिकको भनाई बाट प्रष्ट बुझिएको छ।
डिएसपी वाईबाको जागिरे जीवनमा 2017 तिर शान्ति सुरक्षाको लागि डाफर बिदेशमा समेत सेवा गरेर आएका प्रहरी अधिकृत हुन।
संगठनमा क्लिन अफिसरको रुपमा चिनिने डिएसपी वाईबा बुढा बुढी प्रहरीमै छन् श्रीमान पनि नेपाल प्रहरीको डिएसपी हुन।
डिएसपी फिर्ता प्रकरणमा नाम नबताउने सर्तमा एक जना प्रहरी अधिकृत भन्छन् यदि तेलको कुपन बिबाद हो भने हाम्रो धैरै प्रहरीको युनिटले गाउँपालिका नगरपालिका संग तेल मागेर गाडी कुदाइरहेको छ सबै लाई कार्वाही होस् होईन भने हचुवाको भरमा महिला डिएसपी फिर्ता प्रकरणमा प्रहरी प्रधान कार्यालयले पुनः ईन्चार्ज लाई फिर्ता बोलाउनु पर्छ।

