सशस्त्र प्रहरी बल पर्साद्वारा १८ लाख हुण्डी पक्राउ :कारोबारीको दिनगन्ती सुरु

३१, शनिवार २०८२
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल पर्सा द्वारा १८ लाख रुपैया सहित हुण्डी कारोबारमा संलग्न एक जना पुरुष लाई नियन्त्रमा लिएको छ।
फौजमा एउटा प्रसिद्ध भनाई छ (Right Commander Right Place) मा भयो भने फौजले फते हासिल गर्छ।
अहिले सशस्त्र प्रहरी बल पर्साले धमाधम फिल्मी शैलीमा तस्करीको समान बरामद देखि हुण्डी सम्मको बरामद रेकर्ड बिट गरेको छ। बिदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी,एजेन्ट, व्यति वा दर्ता नभएका एजेन्सी मार्फत स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्य लाई हुण्डी भनिन्छ।२०८० को दफा १२५ को (क) ले समेत प्रष्ट उल्लेख गरेको छ।
सशस्त्र प्रहरी बल पर्साले २०८१ देखि २०८२ सम्ममा अहिले सम्म १ करोड ५९ लाख बराबरको हुण्डी वीरगन्ज बाट बरामद गरेको छ मिति २०८१ जेष्ठ महिनामा १३३३२५०, अषाढ महिनामा २०२१४०० श्रावन महिनामा २४५०००० , भाद्र महिनामा १५०६६२२, असोज ७०१००० मंसिर ८००००० पौष महिनामा ४०५००० ,माघ ७६७९००, फाल्गुन (२०८१) ६०००००, चैत्र महिना १००५०००, वैशाख (२०८२) मा यति ९५९००० जेष्ठमा २४००००० जम्मा अहिले सम्म १,४९,४९,१७२ एक करोड उन्नपचास लाख उन्न पचास हजार एक सय बहत्तर रुपैया अहिले सम्म बरामद गरी भन्सारमा बुझाएको छ।
सशस्त्र प्रहरी बल पर्साको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल कम बोल्ने लो प्रोफाइलमा बस्ने निडर कमाण्डरको रूपमा परिचित कमाण्डर हुन पर्साको कमाण्ड सम्हाले देखि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कन्सेप्ट (BIRD) अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन।(BIRD) अर्थात (Border Security) सिमा सुरक्षा,( Internal Security) आंतरिक सुरक्षा,(Revenue) राजस्व (Disaster) दैविक प्रकोप को नीति लिएर हिडेका (स प्र उ) पर्सा जिल्लामा आफ्नो कामले चौतर्फि प्रसंसा पाएका छन्
सशस्त्र प्रहरी बल नं १३ को कमाण्डर तथा मातहतका निकायले अहिले सीमा बासी संग गरिरहेको राम्रो व्यहवारको तारिफ प्रदेश देखि संघ सम्म भइरहेको छ तस्करको लागि कॉल बनेका सशस्त्र सिमाबासीहरुको लागि बल बनेको छ विभिन्न कार्यक्रम अन्तर्गत सिमावसीको लागि ल्याएको कार्यक्रमाको बारेमा समेत नागरिकले खुलेर प्रसंसा गरेका छन्
हिजो मिति २०८२/०२/३० गते भन्सार एरिया बाट सशस्त्र प्रहरी बल पार्सा द्वारा १८ लाख अबैध हुण्डी बरामदले वीरगञ्जका नामुद हुण्डी कारोबारीहरुको मुटु कापेको छ अति गोप्य रुपमा लुकाई छिपाई हुण्डी कारोबार गरिरहेका गिरोहलाई ठुलो धक्का लागेको छ।
सशस्त्र प्रहरीको कडा निगरानी बोल्ड कमाण्डले गर्दा पर्सामा हुण्डी कारोबारीहरुको साम्राज्य धैरै समय टिकेन।
नाम गोप्य राख्ने शर्तमा एकजना प्रशासनको मान्छेले madhesh views संग भने अहिले वीरगञ्जमा तीन वटा समुह सक्रिय भएर हुण्डी कारोबारमा संलग्न रहेका छन् बाहृय रूपमा देखावटी रूप रंग अर्कै छ भित्र अर्कै छ। सशस्त्र प्रहरी बलले बरामद गरे पछि हुण्डी कारोबारीहरुको मनोबल गिरेको छ
अहिले पनि केही बाईक नं र पटक पटक बोर्डर क्रस गर्ने सकासपद मान्छेहरु माथि निगरानी जारिरहेको छ।