
सोमबार ०९ अषाढ २०८२
उदेस पाण्डे
पर्सा! सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं ६ भारी मतले निर्वाचित स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले सदनमा बजेट बाँडफाँडमा बिभेद भएको बारे सिंघम शैलीमा रोष्टम बाट बोलेका वाक्य अहिले देश तथा बिदेशमा समेत चर्चाको शिखरमा पुगेको छ।
डा अमरेश सिंह रोष्टम बाटै भने के रूपन्देही, झापा, काठमाडौं, डडेलधुरा, मात्रै नेपाल हो अरु जिल्ला लिजमा दिनुहोस यदि
होईन भने बजेट विनियोजन अन्य जिल्ला संग बिभेद किन गरियो।
सर्लाही जिल्ला बाट प्रतिनिधित्व गरिरहेका डा अमरेश कुमार सिंह सदनमा बोलिरहँदा रुलिङ्ग पार्टी देखि अपोजिसन्न पार्टीहरु सम्म ध्यान केन्द्रित गरी सुनिरहेका थिए। बोल्दा बोल्दै बीचमा सभामुख घिमिरे संग प्रष्ट भाषामा सांसद सिंहले भने बिभेद गर्न पाइँदैन।
पटक पटक सांसद बनेका डा अमरेश कुमार सिंह नेपालको पहिलो सांसद हुन जसले मन्त्री बन्न कहिले पनि चाहना राखेनन्
सही लाई समर्थन तथा गलत लाई खुलेर बिरोध गर्ने प्रवृत्तिका सांसद डा अमरेश सिंह आफ्नो निर्वाचन क्षेत्रमा नागरिक संग प्रत्यक्ष रूपमा नजिक रहेर विभिन्न किसिमका समाजिक तथा आर्थिक विकाश निर्माणका कार्यहरुमा बढी ध्यान दिएका हुन्छन्
उक्त क्षेत्रमा आम नागरिकले भोगिरहेका वास्तविक समस्याको पहिचान गरी त्यसको समाधानको निमित्त सम्बन्धित निकाय द्वारा समाधान गर्न तत्पर रहेको कुरा एक स्थानीयले बताए ।
हिजो सदनमा सांसद डा अमरेश कुमार सिंह बोलिरहँदा देश तथा बिदेशमा समेत डा अमरेश कुमार सिंहले सदनमा बोलेको भिडियोले धरै चर्चा पाएको छ। तथा नागरिकलाई कति हेपिएको छ भनें कुरा अन्य जिल्लाका नागरीकले बुझेका छन्
बजेटमा बिभेद गरिएको बारे रुलिङ्ग पार्टीका सांसद समेतले आपत्ति जनाएका छन् ।
यसरी आपत्ति जनाउनेहरुमा
नेपाली काँग्रेस बाट निर्वाचित माननीय सुनिल शर्मा रामेछाप बाट निर्वाचित सांसद कान्छा तामाङ्ग काँग्रेस सांसद अर्जुनरसिंह केसी केही
केही महिला माननीय समेत रुष्ट रहेको कुरा विभिन्न स्रोत बाट बुझिएको छ।
सर्लाही जिल्ला बाट प्रतिनिधित्व गरिरहेका सांसद डा अमरेश कुमार सिंह आफ्नो निर्वाचन क्षेत्रको मात्रै समस्या उठाउने कार्य होईन नेपालको जुन पनि ठाउँमा आम नागरिकको समस्या हुन्छ उसले बोल्छन नेपालमा भरि चर्चित रहेका सांसद डा अमरेश सिंहले बोलेका मुद्दाहरुमा आम नागरिकले भोगिरहेका वास्तविक पीडा तथा जायज माग हुने गरेको पाइन्छ।
तराई मधेस बाट निर्वाचित भएका सांसदहरु प्राय आफ्नो जिम्मेवारी निर्वाह गरेका छैनन
सदन जाने आउँने ताली बजाउने काम गरिरहेका बेला मधेशमुलक बाट प्रतिनिधित्व गरिरहेका स्वतन्त्र सांसद डा अमरेश सिंह सदन नेपालको शान तथा आम नागरिकको आवाज बनेका छन्