
१४ शनिवार २०८२ अषाढ
उदेस पाण्डे
पर्सा ! प्रधानमन्त्री केपी शर्मा ओली आजको प्रतिनिधि सभा बैठक पछि आजै बेलुकाको ६: बजेको फ्लाईट बाट एक हप्ताको लागि स्पेन जाने कार्यक्रम रहेको खबर मधेश भ्युज डटकम लाई सुचना प्राप्त भएको छ।
आज बेलुका ६ बजेको फ्लाईट बाट स्पेनको लागि प्रस्थान हुने खबर मधेश भ्युज डट्कम लाई प्राप्त भएको छ। स्पेन सहरको Seville भन्ने ठाउँमा 4th international conference on financing for development (FFD4) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका उक्त कार्यक्रममा सहभागी हुनका लागि स्पेन तर्फ प्रस्थान हुने भएका छन्।
यस कन्फ्रेन्समा प्रधानमत्री केपी शर्मा ओलीको साथसाथै अन्य २१ जना प्रधानमन्त्री केपी शर्मा ओली संग स्पेनमा जाँदै छन्
२१ सदस्यीय टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाँदै आउँन साथ केही बिबादित मन्त्री हेरफेर हुने पक्का भएको छ।
नाम नखुलाउने सर्तमा एक जना एमाले केन्द्रीय सदस्य अनुसार मन्त्री धैरै बिबादित भएको तथा यस किसिमका विवाद पार्टी भित्र तथा बाह्य सहन नसक्ने भएकाले स्पेन बाट आउँन साथ मन्त्री फिर्ता बोलाइने कुरा पार्टी भित्र चलेको छ।
प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा अहिले केही मन्त्रीहरु बिबादित रहेका छन उनीहरूको कार्य क्षमता माथि नागरिक द्वारा प्रश्न चिन्ह खडा भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरु बारम्बार सदन तथा सड्क बाट आलोचित हुन थालेका छन्
धैरै आलोचित हुँदै गएपछि प्रधानमन्त्री स्पेनको कार्यक्रम बाट सहभागी भएर नेपाल आउँन साथ केही बिबादित मन्त्रीहरु हेरफेर गर्ने कुरा एक जना सांसद नाम गोप्य राख्ने शर्तमा मधेश भ्युज डटकम संगको कुरामा बताए उनका अनुसार सरकारमा सहभागी दुबै तलका तर्फ बाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु रहेका छन।