रास्वापाको हस्ताक्षर अभियानमा प्रहरीको सई द्वारा समर्थन प्रदेश प्रहरीमा तरंग

१९ बिहिबार २०८२
उदेश पाण्डे
पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टीकोे पार्टी सभापति पुर्ब गृह मन्त्री रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्धमा हस्ताक्षर अभियान राष्ट्रव्यापी उक्त पार्टीले हस्ताक्षर अभियन गरिरहेको बेला नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) उक्त हस्ताक्षर अभियानमा हस्ताक्षर गरेको सूचना बाहिर आएको छ।
नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो। यसको औपचारिक स्थापना वि स २०१२ सालकोे प्रहरी ऐन जारी भएपछि आश्विन महिनामा भएको हो। नेपाल प्रहरीको आदर्श वाक्य सत्य सेवा सुरक्षणम (Truth,Service, Security) हो
याे संगठनमा आबद्ध रहेका कुनै पनि प्रहरी कर्मचारी विभागकोे नीतिनियम बाहिर गएर कार्य गर्न पाउँदैन।
प्रहरीकाे पोसाकमै हस्ताक्षर अभियानमा हस्ताक्षर गरिरहेका प्रहरी नायब निरीक्षक (सई) कोे बारेमा मधेश भ्युज डट्कमले मधेश प्रदेश प्रहरी कार्यालयकोे सूचना अधिकारी डिएसपी विजय यादव संग सोध्दा उनका अनुसार यसकाे बारेमा मधेश प्रदेश प्रहरी कार्यालयले तदारुकताका साथ आन्तरिक रूपमा पहिचान गरिरहेकोे छ। भनेर जवाफ दिनु भएको छ
मधेश प्रदेश प्रहरी कार्यालय मातहत रहेका आठै वटा जिल्ला प्रहरी कार्यालयहरुले आन्तरिक रूपमा बिभिन्न तवरले यो तस्बीरमा देखिएका प्रहरी नायब निरीक्षक (सई) कोे पहिचान लगाउँदै आएको कुरा छ।
नेपाल प्रहरी भित्र २०४७ सालदेखि नै बेलाबखतमा राजनीतिक दल संगको प्रभाव तथा सत्ता पक्ष संग नजिक भएर कार्य गरेको आरोप प्रत्यारोप लागिरहेको हुन्छ।
केही दिन अगाडि राजावादीहरूको आन्दोलनमा प्रहरीले बढी बल प्रयोग गर्यो भन्दै सदनमा सांसद राजेन्द्र लिङदेल भनेका थिए नेपाल प्रहरीका आइजिपी थापा पार्टीको कार्यकर्ता हुन भएको छ भनेर सदनमा बोलेका थिए
आहिले याे हस्ताक्षर अभियानमा हस्ताक्षर गरिरहेका नेपाल प्रहरीका सई कोे याे तस्बीर सामाजिक संजाल TikTok मा व्यापक रूपमा ट्रोल भइरहेको छ।
नाम गोप्य राख्ने सर्तमा नेपाल प्रहरीका एक जना सिनियर प्रहरी अधिकृतले भने अनुसार यो हस्ताक्षर गरिरहेका सई लाई यदि संगठनले चाहयो भने एक घन्टामा पता लगाउन सक्छ। तर पावरको बलमा बचाउँन खेल चलिरहेको छ।