०४ श्रावण २०८२ आईतबार
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको ईन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङ्ग बिबादास्पद कार्य गर्दा कार्यकाल नपुग्दै जिम्मेवारी बाट हटाइएका छन।
नाम गोप्य राख्ने सर्तमा एक जना सिनियर प्रहरी अधिकृतले बताए अनुसार:ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको इन्स्पेक्टर किशोर तामाङ्गको कार्यालय इप्रका हरिवन बाट खटेको प्रहरी टोलीले केही दिन अगाडि लागुऔषध बरामद गरेको थियो।
उक्त लागुऔषध बरामद भएको भन्दा कम बरामद देखाएका छन। याे प्रकरणमा आफ्नो पदीय मर्यादा प्रोफेसनल दक्षता राम्राे देखाएनन प्रहरि अधिकृतले तुरुन्तै गर्नुपर्ने कार्य गरेनन् उक्त
कार्य बारे ब्यापक जन गुनासो गृह तथा प्रहरीको माथिल्लो कार्यालय सम्म पुगेको थियो।
केही दिन अगाडि ईलाका प्रहरी कार्यालय हरिवनमा चेक मुद्दाको बारेमा समेत पीडितको चेक एक जना प्रहरी सहायक निरीक्षकले च्यातेको कुरा समेत बाहिर आएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेका प्रहरी कार्यालयहरुको ईन्चार्ज अहिले ब्यापक विवादमा आएका छन्।
केही दिन अगाडि १८ हजार घुस रकम तस्कर संग मागेको अडियो समाजिक संजालमा निकै भाईरल हुँदा प्रहरी चौकी ईन्चार्ज रहेका सई बैजनाथ दास लाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको छ। भने उक्त प्रहरी चौकीमा कार्यरत रहेका प्रहरी जवान सन्तोष यादव समेत लाई कार्वाही गरिएको थियो
ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको ईन्चार्ज तामाङ्ग लागुऔषध मुद्दामा बरामद गरिएको बाईक तथा मानिस चेक च्यातिएको बारे प्रदेश प्रहरी कार्यालय धनुषाले डिएसपी विजय यावको कमाण्डमा छानबिन टोली गठन गरी छानबिन प्रक्रिया अघि बढाएको छ।
मधेश भ्युज लाई प्राप्त सुचना अनुसार अहिले ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको ईन्चार्ज किशोर टमाङ्ग जिल्ला प्रहरी कार्यालय धनकुटा काज भएको छ भने अन्य ठाउँ बाट प्रहरी निरीक्षक खटाउने निर्णय सम्बन्धित निकायले गरेको छ।
विवादमा तानिएका इन्स्पेक्टर किशोर तामाङ्गको ठाउँमा अर्को इन्स्पेक्टर आउने कुरा नाम गोप्य राख्ने शर्तमा एक जना प्रहरीले बताए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिले तनावको स्थिति रहेको छ शक्तिकेन्द्रको आडमा केहि समय देखि जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतका प्रहरी चौकीहरुमा खटिएका प्रहरीले आचरण विरुद्धका कार्य गरिरहेको कुरा छत्ताछुल भएको छ।
केही दिन अगाडि प्रहरी आचरण विरोध कार्य गरेको थाहा पाएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरले ईलाका प्रहरी गौशाला इन्चार्ज रहेका इन्सपेक्टर लाई समेत तानेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेका ईलाका प्रहरी कार्यालय केशरगजमा
केही वर्ष पहिला इलाका प्रहरी कार्यालय केशरगजका ईन्चार्ज कारवाहीमा परेका थिए ।

