१४ बुधबार २०८२ श्रावण
उदेस पाण्डे
पर्सा! ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटेको प्रहरी टोली द्वारा १५६ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेका ईलाका प्रहरी कार्यालय प्रसौनी बाराका ईन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) टुपेनद्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बाराको विश्रामपुर गाउँपालिका वडा न १ नजिकै बाट १४६ ग्राम ब्राउनसुगर सहित भारत बिहारको घोडासम्म बस्ने मुबारक मियाको छोरा वर्ष २२ को अजमुल हक अंसारी लाई ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराको कमाण्ड प्रहरी उपरीक्षक एसपी संतोष तमाङ सम्हाले देखि बारा प्रहरीले लागुऔषध नियन्त्रण गर्न तदारुकता देखाउनुको साथै नियन्त्रण गर्न सफल समेत भएको छ।
बारा प्रहरी द्वारा विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेका प्रहरी चौकी अमलेखगंज, ईप्रका सिम्रौनगढ, प्रहरी चौकी कचोर्वा द्वारा बरामद गरिएको लागुऔषधको परिणाम गाडी तथा मानिस नियन्त्रणले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराको सुचना अधिकारी डिएसपी विजय पण्डितको अनुसार लागुऔषध सहित पक्राउ पर्नेमा भारत बिहारको मानिस लाई ईलाका प्रहरी कार्यालय प्रसौनी प्र नि को टोलीले नियन्त्रणमा लिएको छ। आवश्यक कानुनी प्रक्रिया जारी रहेको कुरा मधेश भ्युज डटकम संग डिएसपी पण्डितले बताए ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर तुपेन्द्र श्रेष्ठ आए देखि ईलाका प्रहरी मातहतका वडा एरियाको शान्ति सुरक्षा राम्रो रहेको तथा आम नागरिकले ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा सेवाग्राहीको रूपमा जाँदा प्रहरीले सेवाग्राही लाई कानुन बमोजिम गर्नु पर्ने काम छिटो गरेर मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्दै आएको कुरा सेवाग्राहीहरुले बताएका छन्

