डिएसपी पुजारा एक्सनमा: तस्करीको कपडा सहित बोलेराे पिकअप पक्राउ

  |

१६ शुक्रबार २०८२ श्रावण
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल गण नं १३ हेक्वा पर्सा मातहत रहेका प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोली द्वारा ठूलो मात्रामा बोलरो गाडीमा लोड रहेको कपडा सहित उक्त तस्करीमा प्रयोग भएको बोलेरो पिकअप प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको खबर मधेश भ्युज डटकम लाई प्राप्त भएको छ।
मिति २०८२/०४/१५ गते बजार मूल्य अनुसार उन्नाईस लाख व्यालिस हजार तीनसय (१९,४२,३००) बराबरको अबैध रुपमा लाईएको कपडा तथा गाडी सम्बन्धित निकायमा बुझाएको छ।
जिल्ला पर्सा बिन्दवासनी गाउँपालिका ३ झौवा स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुलमा अलौबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारत बाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई प्रदेश २-०३-००१ च ३०४६ नं बोलेरो पिकअपमा लोड गरी ल्याउँदै गरेको कपडा छाडी सवारी चालक भागेको अवस्थामा उक्त गाडीमा लोड कपडा सहित गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाईएको खबर सशस्त्र प्रहरी पर्साका सूचना अधिकारीले बताए।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको कार्यालय प्रमुखको रूपमा आएका सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी कृष्ण सिंह पुजारा ४ महिनाको अवधिमा वीरगन्ज भन्सार कार्यालय पर्साको रेकर्ड अनुसार १ करोड २९ लाख रुपैयाँ बराबरको अबैध समान बरामद गरि वीरगन्ज भन्सारमा दाखिला गराएका छन। डिएसपी कृष्ण सिंह पुजाराको राम्रो कार्यको अहिले संगठन बाहिर तथा भित्र समेत प्रसंसा भइरहेको छ