ईप्रका पटेर्वा सुगौली इन्स्पेक्टर थापा एक्सनमा: लागुऔषध सहित मानिस नियन्त्रमा

  |

१७ शनिबार २०८२ श्रावण
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट गस्तीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा आठ किलो चार सय ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साको प्रहरी टोलीले मिति २०८२/०४/१७ गते ७:१० बजेको समयमा जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ करबोला चौक स्थित गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बेलवा बाट देउरबाना तर्फ जाँदै गरेको BR0 5AG 6805 नम्बरको मोटसाइकल तथा मोटरसाइकल चालक जिल्ला पर्सा पर्सा गढी नगरपालिका ०९ एकटाँगा बस्ने बोतु अहिरको छोरा अन्दाजी वर्ष ३४ को जग मोहन यादव लाई गस्तीमा खटिएका प्रहरीले मोटरसाइकलको सिट मुनि र निजको शरीरमा बाँधिएको अवस्थामा लागुऔषध गाँजा फेला परेको छ।
उक्त गाँजा तथा मोटरसाइकल चालक सहित लाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको खबर प्राप्त भएको छ
बरामद गाँजा कसको हो यो (८.४४०) आठ किलो चार सय ग्राम लागुऔषध गाँजा बारे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली आफ्नो अनुसन्धान गरिरहेको छ।