जनमतद्वारा शहिद भएका प्रती श्रद्धाञ्जली सभा कार्यक्रम

  |

बारा, ४ असोज / बाराको सदरमुकाम कलैयाको भरत चौकमा देश र रास्ट्रका लागि बलिदानी दिने योद्धाहरूको सम्झनामा जनमत पार्टीले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । असोज ३ गतेलाइ कालो दिनको रूपमा लिदै लोकतन्त्र, गणतन्त्र र संघीयताको लागि बलिदानी दिएका वीर सहिदहरूको सम्झनामा जनमत पार्टीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले मधेस आन्दोलन लगायत जेनजीको आन्दोलनमा समेत सहादत भएकाहरू प्रती श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार मुलूकले संविधान पाएकै दिन असोज ३ गतेका दिन सहिदहरूको सम्झनामा कालो दिन मनाउने गरिएको बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबे, जनमत पार्टीका मधेस प्रदेश उपाध्यक्ष सन्तोष पटेल, क्षेत्र नम्बर ३ का पूर्व बिधायक पारस साह लगायत सयौ नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।