०८,असोज २०८२ बुधबार
मधेश भ्युज़ संवादाता
पर्सा! जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख एसपी गौतम मिश्रको बिदाई कार्यक्रम सम्पन्न भएको छ। बिदाई हुँदै गर्दा केही तस्बिरले हरेक ब्यक्ति लाई भाबुक बनाएको थियो। एसपी लाई अँगालो हालेर एकजना मानिसले रोइरहेको तथा मधेशको भाषामा ना जाई नाजाई छोड्के अर्थात तपाईं हामीलाई छोडेर नजानु वाक्यले बिदाई समारोहमा उपस्थित सबैलाई इमोसनल बनाएको थियो। एसपी मिश्र प्रहरी भित्र अनुशासित बोलि मिठो तथा सफल कमाण्डरको रूपमा परिचित प्रहरी अधिकृत हुन। जागिरे जीवनमा प्रहरी निरीक्षक हुँदा वप्रका श्रीपुर पर्सा, ईलाका प्रहरी कार्यालय चपुर रौतहट, डिएसपी हुँदा ईलाका प्रहरी कार्यालय टीकापुर कैलाली, काठमाडौं बृत ईन्चार्ज तथा प्रहरी उपरीक्षकमा जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय चितवन केही महिनाको लागि काज तथा जिल्ला प्रहरी कार्यालय पर्साको इन्चार्जको रूपमा सात महिना राम्रो संग आफ्नो जिम्मेवारी निर्वाह गरेको कुरा निजले सम्पादन गरेको कार्यले पुष्टि गरेको छ। मधेश प्रदेश मातहतका रहेका जिप्रका ईन्चार्जहरु मध्य उत्कृष्ट कार्य गरेको नेपाल प्रहरीको ७७ वटा जिल्लाहरुमा मानव बेचबिखन तथा ओसार पसारन्यूनीकरण तथा उद्दार कार्यमा प्रथम भएको हुँदा तत्कालिन नेपाल सरकारको उपप्रधानमन्त्री द्वारा सम्मानित गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साको इन्चार्जको रूपमा २०८१/१०/१४ गते बाट कार्यभार सम्हाले देखि आम नागरिकको समस्या सुन्न सधैं ढोका खुला राखेका थिए तथा आम नागरिक आफ्नो जन अदालत झै एसपी सामु सेवाग्राहीहरु आफ्ना समस्याहरु सुनाउने गर्थे एंवम उक्त कुरा सुन्न वित्तिकै एसपी मिश्रले कानुनी प्रक्रिया अघि बढाई कानुन बमोजिम काम गर्थे एसपी मिश्र त्यही भएर हो पर्साको ग्रामीण क्षेत्रका सेवाग्राहीहरु जिल्ला प्रहरी कार्यालय आउँथे आफ्नो गुनासो प्रत्यक्ष रूपमा एसपी समक्ष राख्थे।

कार्यकाल नपुग्दै राम्रो कार्य गर्दा गर्दै एसपी मिश्रको सरुवा आइजिपीले गरेकोमा आइजी आलोचित बनेका छन।पर्साका आम नागरिक तथा बौद्धिक वर्गका बुधिजीबि राजेन्द्र सिंहले सरुवा माथि प्रश्न चिन्ह खडा गरेका छन।
तराईका जिल्लाहरुमा मुद्दा फाँट, उजुरी छानबिन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, अनुचित लेनदेन शाखाहरुमा सेवाग्राही आउँदा नेता मन्त्री संग भनसुन गराएर आउने चलन छ। तर पर्साको हकमा एसपी गौतम मिश्रको कार्यकालमा त्यो गर्नु परेन। सबै नागरिक लाई सम्मान व्यहवार गर्ने मिठो बोलीको एसपी मिश्र लाई देवता बाबु भनेर पर्सेली नागरिकले बोलाउने गर्थे।
प्रहरी उपरीक्षक एसपी गौतम मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले जेन्जी आन्दोलनको क्रममा वीरगन्जको कारागार तथा भाटभट्नी सुपर मार्केट जोगाएको थिए वीरगंजमा ठुलो जनधनको क्षति हुनबाट जोगाए आन्दोलन आफै फिल्डमा खटेका थिए तथा मातहत लाई मोनिटर गरिरहेका थिए। केही दिनपहिला
वीरगन्जमा हिन्दु मुस्लिम दंगा नियंत्रण गर्न ठुलो योगदान पुर्याएका थिए। जघन्य प्रकृतिका घट्ना हरुको सफल अनुसन्धान गरी अपराधीलाई कानुनको कठघरामा उभ्याउन सफल भए
एसपी सरुवा सगै जनता अदालत अर्थात नागरिक सुनुवाई कार्यक्रम रुक्ने हो कि भने कुरा आम नागरिकहरुले आशंका गर्न थालेका छन।
पर्सा बसाईको क्रममा एसपी गौतम मिश्रको सबै भन्दा बढी लोकप्रिय प्रहरीको पात्र बनेर बिदा भएका छन्

