२१, पौष २०८२ सोमबार
उदेस पाण्डे
पर्सा! सशस्त्र प्रहरी बल प्रधान कार्यालयको अवधारणा अनुरूप बि ओ पी बनकुल प्रमुख सशस्त्र प्रहरी निरीक्षक पसुराम लामिछाने तथा जिल्ला प्रशासन कार्यालय रौतहटको सहयोगमा चमार बस्तीमा जाडो मौसममा न्यानो होस भन्ने उदश्यले कम्बल वितरण गरिएको छ।
सशस्त्र प्रहरी बलको २५ औं स्थापना दिवसको अवसरमा सिमाबासी संगको सहकार्य तथा विपन्न वर्गका आम नागरिक लाई राहत स्वरुप रौतहट बौधीमाई नगर पालिका अन्तर्गतको ६ नं वडा एरियाको चमार बस्तीमा ६८ घरमुली लाई सशस्त्र प्रहरी बल रौतहट मातहत रहेका बि ओ पी सर्मुजवाले कम्बल वितरण गरिएको छ उक्त कम्बल वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलादमीज्यूहरुको उपस्थिति रहेको थियो।
स्थानीय तहमा सिमाबासीहरुले फेस गरिरहेका समस्याहरु पहिचान गरी सिमा संग जोडिएको वस्तीमा चापाकल, स्कुल रङरोधन, तथा अपाङ्ग नागरिक लाई ब्ल्यान्केट समेत दिएको सुचना प्राप्त भएको छ।
आम नागरिकको बुझाइमा पारा मिलिटरी जस्तो लागेको सशस्त्र प्रहरी बल अहिले सिमा संग जोडिएको कार्य तथा आम नागरिकको हिफाजत, Disaster को बेला नागरिकको सुरक्षा प्रदान गरिरहेको देखेर सशस्त्र प्रहरी बल संग नागरिक समाज अहिले जोडिएको छ तथा प्रसंसा समेत गरेको सुनिएको छ

