सशस्त्र प्रहरी दिवसको अवसरमा प्र जि अ द्वारा झण्डा मार्च कार्यक्रम हस्तान्तरण

  |

०६ माघ २०८२ मंगलवार
रौतहट!
सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्च टोली’ रौतहटबाट बारा जिल्लाको लागि प्रस्थान गरेको खबर प्राप्त भएको छ

“२५ औ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा पौष २० गते देखी पुर्वी सीमा झापाबाट शुरु भएको पूर्व-पश्चिम झण्डा मार्च टोली मिति २०८२/१०/०४ गते रौतहटमा आई पुगी आज मिति २०८२/१०/०५ गते बारा जिल्लामा बिधिबत रुपमा फौजी परम्परा अनुसार हस्तान्तरण गरेको छ ।
नेपाल तर्फ जिल्ला रौतहट बौधिमाई न.पा.-७ बडाबंकुल स्थित अरुवा खोला र भारत तर्फ जिल्ला पुर्वी चम्पारण झरौखर ग्राम पंचायत-५ झरौखर स्थित सानो सीमा स्तम्भ नं. ३५६/३ नजिकै सशस्त्र प्रहरी बल नेपाल न्. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी प्रमुख उपरीक्षक एसपी राम हरि अधिकारी सहितको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी सहितको टोलीलाई हस्तान्तरण गरेको थियो । रौतहट जिल्लाको बौधिमाई न.पा.का नगर प्रमुख प्रदिप कुमार यादव¸ बाराको सिमौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार रौतहट जिल्लाको बौधसमाई न.पा.का नगर उप प्रमुख प्रमिला देवी¸ रौतहट जिल्लाका प्र.जि.अ. दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की , राष्ट्रिय अनुसन्धान विभागका रौतहट जिल्लाका प्रमुख उप अनुसन्धान निर्देशक कुमार बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा गौरका गुल्मपती स.प्र.ना.उ. प्रेम सागर बिष्ट¸ प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा पिपरपाती बाराका गुल्मपती स.प्र.ना.उ. नबिन अधिकारी¸ सिमौनगढ न.पा. वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरु, स्थानिय भद्रभलादमी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, स्थानिय संचारकर्मी तथा जवानहरु र सर्वसाधारणहरुको समेत सहभागीतामा रहेको उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा रौतहटको बौधिमाई न.पा.का नगर प्रमुख प्रदिप कुमार यादव र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बाराको सिमौनगढ न.पा.का नगर प्रमुख किशोरी प्रसाद कलवारलाई संयुक्त रुपमा बुझाउनु भएको थियो भने सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी लाई बुझाउनु भएको थियो ।
उक्त झण्डा मार्च कार्यक्रममा भारतिय समकक्षी सशस्त्र सीमा सुरक्षा बल (SSB) का नं. ७१ बटालियन F कम्पनीका कम्पनी कमाण्डर असिस्टेन्ट कमाण्डर Tchosgial सहितको टोली समेत सहभागी भएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा.रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक राम हरी अधिकारीका अनुसार उक्त झण्डाहरु झण्डा मार्च टोलीले नेपाल-भारतको सीमा ईलाकामा पैदल मार्च गर्दै मिति २०८२ साल माघ ११ गने पर्सा जिल्लाको स.प्र.बल नेपाल वि.ओ.पि. ठोरीमा पुगेर औपचारीक रुपमा समापन हुने कुरा उक्त जिल्लामा सुचना अधिकारीको रूपमा कार्यरत अधिकृतले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित यस्तो कार्यक्रमले सशस्त्र प्रहरी बलको मनोबल उच्च राख्नुको साथै सिमानामा बसोबास गरिरहेका आम नागरिक भित्र देश भक्ति तथा यस संगठनले गरिदै आएको विपत व्यवस्थापनको प्रसंसा समेत नागरिकले गरेका कुरा एक जना शिक्षकले बताउँछन