आईजीको निर्देशन विपरीत फिल्डमा देखिए कमाण्डर: सशस्त्र प्रहरी बलमा आचरण विपरीत कार्यमा वृद्धि

  |

१८, सोमबार २०८३, श्रावण

पर्सा! सशस्त्र प्रहरी बलको १३ औ आईजीपीको रूपमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल आफ्नो कार्यभार सम्भाल्न बितिकै सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) ठोस आदेश गरेका थिए।सिमानाकामा कुनै किसिमको गलत क्रियकलाप हुननदिने तथा तस्करी तदारुकता साथ रोक्ने एवम सशस्त्र प्रहरीहरु स्वयम आफु अनुशासित हुने।
वर्तमानमा अहिले देशमा दुई -तिहाई सिट भएको बालेन नेतृतवको सरकार छ। भने गृह मन्त्रीको जिम्मेवारीमा सुधन गुरुङ्ग छन
राज्य अहिले भ्रष्टाचार रोक्न हरेक तवरले आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। यस्तो अवस्थामा समेत सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल अहिले चौतर्फी रुपमा आलोचनाको तथा आम नागरिकहरुको तिरस्कारको पात्र बनेका छन।
सशस्त्र प्रहरी महानिरीक्षक प्रमुख (आईजीपी) नारायण दत्त पौडेलको आदेशलाई ठाडै चुनौती दिँदै अनुशासन विपरीत कार्यमा संलग्न रहेको कुरा प्रष्ट भएको छ।
पर्साको १३ नम्बर गण मातहत रहेको बोडर आउट पोष्ट (बि ओ पी) अमरपट्टी संचार तर्फ कार्यरत सशस्त्र प्रहरी हवलदार तथा तस्कर बिचको अडियो रेकर्ड काण्ड डिआईजी सम्म पुग्दा हवलदार लाई तुरुन्तै सशस्त्र प्रहरीको कानुन बमोजिम निलम्बित गरिएको थियो।
यसैगरी रौतहट स्थित बनकुल बोडर आउट पोष्ट
(बि ओ पी) सर्मुजवा ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बोहरा तथा तस्कर बिच भएको अडियो रेकर्ड काण्ड जुन सामाजिक संजाल मार्फत फेसबुक, तथा विभिन्न सोसल मिडियाहरुमा समेत तरंग ल्याएको थियो। तथा सोसल मिडियामा नकारात्मक कमेन्ट समेत आएको थियो।
मिति २०८३/०४ श्रावण बारा जिल्ला स्थित सीमा सुरक्षा गुल्म मटिअर्वामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक लाई तस्कर समुहले एक लाख रुपैयाँ दिएको भिडियोमा प्रष्ट सुन्न सकिन्छ। जसमा तस्करले सशस्त्र प्रहरीको (असई) लाई थरकाई रहेको थियो। भन्दै छ पैसा दे काम निक रोकेको मैलै पैसा काम गर्न लाई दिएको यस भन्दा पहिलाको असई चौधरी राम्रो थिए। त्यसैगरी मधेश प्रदेश कार्यरत हरेक एक जना सशस्त्र प्रहरी निरीक्षक लाई अख्तियार दुरुपयोग आयोगको टोली बर्दिबासले पक्राउ गरी कानुन बमोजिम अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।
सशस्त्र प्रहरी बल नेपालको ईतिहासकै पहिलो घटना हो नेपाल एपीएफ स्कुल कीर्तिपुरमा लेखा अधिकृत को रूपमा कार्यरत रहेको विद्यालय जस्तो पबित्र ठाउँ मा कार्यरत सशस्त्र प्रहरी निरीक्षक लेखापाल द्वारा रकम हिनामिना गरिएको थियो। भने
सशस्त्र प्रहरी बलका डिएसपीहरु जिल्लामा गण प्रमुख अर्थात कमाण्डरको रूपमा खट्दा राशनमा अनियमितता गरेका थिए उक्त कुरा बिभिन्न मध्य बाट छानबिन हुँदा जिम्मेवारी बाट हटाइएका थिए।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक (हेडक्वाटर) को आदेश विपरीत फिल्डमा खटिएको बखत कमाण्डरहरु द्वारा आईजीपीको आदेश लाई धोति लाउदा स्थानीय तहहरुमा अनेकौँ समस्याहरू देखिएको छ।
मधेश प्रदेशका जिल्लाहरुमा सफल कमाण्डरको रूपमा बिभिन्न मिति र समयमा फरक फरक दर्जा इन्स्पेक्टर, डिएसपी, एसपी तथा डिआईजीको रूपमा कमाण्ड गरेर अवकाश जीवन बिताईरहेका एक जना पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक नाम गोप्य राख्ने शर्तमा यस मधेश भयुज डटकम संग कुरा गर्दै भने अहिलेको आईजीपी साहब राम्रो हुनुहुन्छ वहाँ बोल्ड अफिसर हो तर सशस्त्र प्रहरी प्रधान कार्यालयमा एउटा स्वार्थी समुह छ।जसले आईजीपी साहब लाई गुम्राहमा पारेर कार्य गर्दै आएका छन ।
तराईका जिल्लाहरूमा विवादित पात्रहरूलाई जिम्मेवारीबाट हटाउनुको सट्टा जोगाईरहेको अवस्था छ। तराई मधेशका जिल्लाहरूमा कमाण्ड कन्ट्रोल कमजोर देखिएका गणपतिलाई जोगाउने कार्य हुँदैछ आएको छ। यसले गर्दा सशस्त्र प्रहरीको राम्रो काबिल अफिसरको मूल्यांकन हुन सकेको छैन। संगठन प्रमुखले (Right Man Right Place) मा राख्नु पर्छ। एवम लामो समयदेखि तराईमा जरा गाडेर बसेको सशस्त्र प्रहरीका माथिल्लो दर्जा देखि तल्लो दर्जा लाई अन्यत्र हटाउनु पर्छ। यस बारेमा थप कुरा बुझ्न सशस्त्र प्रहरीको आइजीपी तथा सशस्त्र प्रहरी बलका प्रवकता सुचना अधिकारी लाई फोन गर्दा फोन उठेन।