स्ट्राइकिङ टोलीको बोल्ड इन्स्पेक्टर साह: आजबाट अनिबार्य अवकासमा

  |

०२, असोज २०८३ शुक्रबार
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल द्वारा सेवानिवृत्ति पुर्ब प्रहरी निरीक्षक राम पदार्थ शाहको विदाई गरेका छन।
राष्ट्र प्रेम आम नागरिकहरुको सुरक्षा गर्ने उदेश्य लिएर नेपाल प्रहरीको प्रहरी जवान बाट बि:स: २०५४ फाल्गुन १५ गते बाट नोकरी सुरु गरेका राप पदार्थ साह प्रहरी संगठन भित्र अब्बल, साहसी, बौद्धिक क्षमता तथा आम नागरिकहरु संग छिट्टै घुलमिल हुने प्रहरीको रूपमा परिचित थिए।
तत्कालिन प्रहरी तालिमकेन्द्र चितवन भक्तपुरको टोली नं:८६ गुरुबा सन्त गुरुङ्ग तथा प्लाटुन कमाण्डर प्रहरी सहायक निरीक्षक (प्र स नि) नेर बहादुर गाँहा तथा तत्कालिन समादेशक प्रहरी उपरीक्षक एसपी शिउ कुमार खड्काको कार्यकालमा प्रशिक्षण लिएका साह तालिम देखि जागिरको अन्तिम सम्म अनुशासित रहेका कुरा उनले पाएका पुरस्कार तथा आचरणले पुष्टी गर्दछ।

देशमा माओवादी द्वन्द चलिरहेको बेला २०५८ सालमा रोल्पाको सादोबाटोमा भिडन्तमा परेका थिए।

प्रहरीको जागिरमा सरुवा बढुवा काज नियमित प्रक्रिया हो। यसै क्रममा ३० वर्षे जागिरको दौरामा १: पहिलो पोस्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं
२:दोस्रो पोस्टिङ नक्साल काठमाडौंमा ३: तेस्रो पोस्टिङ सशस्त्र प्रहरी गुल्म वीरगञ्ज ४: चौथो पोस्टिङ सशस्त्र प्रहरी सेनामुख ५: इलाका प्रहरी कार्यालय टोकरपुर

बढुवा दोस्रो दर्जा मिति २०६१/०४/१२ गते प्रहरी हवलदार पदमा बढुवा भई ६: जिल्ला प्रहरी कार्यालय रौतहट ७: जिल्ला प्रहरी कार्यालय सिन्धुली ८: वीरगन्ज गुल्म
प्रहरी सहायक निरीक्षक पदमा बढुवा

बढुवा तेस्रो दर्जा: प्रहरी सहायक निरीक्षक

मिति २०६६/०४/२३ सालमा बढुवा भई ९: नौ अञ्चल प्रहरी कार्यालय वीरगन्ज पर्सा १० दश: ईलाका प्रहरी कार्यालय फाफरवारी मकवानपुर ११ एघार: जिल्ला प्रहरी कार्यालय बारा १२ बाह्: जिल्ला प्रहरी कार्यालय धनुषा १३तेह्र: जिल्ला प्रहरी कार्यालय पर्सा १४ चौद: जिल्ला प्रहरी कार्यालय सप्तरी १५: पन्ध्र ईलाका प्रहरी कार्यालय केशरगज सर्लाही बाट अनिवार्य अवकास प्राप्त पुर्ब प्रहरी निरीक्षक राम पदार्थ साहको जागिरे जीवन एक जिम्मेवार अनुशासित प्रहरी जस्तो रहेको थियो।