पावरफुल सई जस्ले एआइजी, आईजीपीको आदेश टेर्दैनन: २१ वर्षसम्म एकै ठाउँमा

  |

२०८३ असोज ३, शनिवार
पर्सा! नेपाल प्रहरीको पावरफुल सई जो २१ वर्ष सर्भिस हुँदा समेत कहिले दरबन्दी हाजिर भएनन।

प्रहरी नियमावली २०७१ को परिच्छेद ६ (नियम) ६० देखि ७२ सम्ममा प्रहरी कर्मचारीहरुको सरुवा पदस्थापन सम्बन्धी व्यवस्था गरिएको छ।जस अनुसार हरेक प्रहरीको सरुवा प्रहरी नियमावली अनुसार हुने गर्द छ। तर पुलिस स्कुल रौतहटमा विक्रम संवत २०६२ साल देखि प्रहरी जवान बाट सेवा सुरु गरेका प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साह, बिध्या बस्नेत, सरधा तिमल्सिना जागिरको २१ वर्ष सम्म खटाएको दरबन्दी हाजिर नभई एकै कार्यालय पुलिस स्कुल रौतहटमा लामो समय सम्म कार्यरत रहँदा मानवश्रोत विकास विभाग तथा कर्मचारी प्रशासन शाखा प्रमुख माथि प्रश्न उठेको छ।

प्रहरी कर्मचारीहरूको भर्ना पूर्वदेखि अवकास पश्चातसम्मका (pre-recruitment to post-retirment ) रेकर्ड राख्ने शाखा आफ्नै प्रहरी यत्रो लामो समयदेखि एकै ठाउँमा बसेको थाहा पाउँन नसक्नु माथि अनेकौ प्रश्नहरू उब्जेको छ।
नेपाल प्रहरीको प्रमुख आईजीपी दानबहादुर कार्की संगठन प्रमुख भए पछि तराई मधेशका जिल्लाहरूमा लामो समयदेखि निरन्तर रूपमा बस्दै आएका प्रहरी कर्मचारीहरुलाई तानेर एक ठाउँ बाट अर्को ठाउँमा काज सरुवा गरे।
सामान्य बिबाद आउँदा वा उजुरी पर्दा अन्य प्रहरी कर्मचारी लाई सम्बन्धित दरबन्दी हाजिर हुन लाउने छानबिन सुरु गर्ने तर पुलिस स्कुल रौतहटको हकमा यत्रो हुँदा समेत हेडक्वाटर कुनै कैफियत नगर्दा त्यहाँ कार्यरत रहेका अन्य प्रहरी कर्मचारीहरुको मनोबल डाउन भएको प्रष्ट रूपमा बुझ्न सकिन्छ।

प्रहरी नियमावली अनुसार प्रहरीमा जागिर खाएका प्रहरी कर्मचारी आफ्नो पेशा बाहेक अन्य कुनै पनि कार्य गर्न निषेध गरेको छ त्यसको विपरीत प्रहरी नायब निरीक्षक सई राजकिशोर साह, प्रहरी नायब निरीक्षक सई शारदा तिमल्सिना प्रहरी नायब निरीक्षक सई विद्या बस्नेत त्यहाँ पढाउने शिक्षकको रूपमा कार्य गरिरहेका छन। मधेश प्रदेशका जिल्लाहरुमा धैरै ठाउँमा जनशक्ति अभावको कारण प्रहरी चौकी ईन्चार्ज सई बस्ने ठाउँहरूमा प्रहरी सहायक निरीक्षक लाई जिम्मेवारी दिइएको छ भने पुलिस स्कुल रौतहटको हकमा दरबन्दी भन्दा बढी जुनियर अफिसर निहित स्वार्थ पुरा गर्न राखिएको कुरा नाम गोप्य राख्ने शर्तमा एक जना प्रहरीले यस मधेश भ्युज डटकम संग कुरा गर्ने क्रममा भने

२०६२ साल देखि २०८३ सम्मका मानवश्रोत विकास विभाग प्रमुख प्रहरी नायब महानिरीक्षक देखि प्रहरी अतिरिक्त महानिरीक्षक सम्म लाई शाखामा कार्यरत रहेका केही प्रहरी कर्मचारीले गुमराहमा राखेको प्रष्ट रूपमा बुझ्न सकिन्छ।

२१ वर्षको प्रहरी जागिरमा प्राय सबै प्रहरी कर्मचारीहरु मधेश, पहाड, हिमाल सबै ठाउँ खटेका तथा दुर्गम क्षेत्रमा सेवा गर्न मौका पाए तर पुलिस स्कुल रौतहटका भाग्यमानी साईहरु रौतहट जिल्ला बाहेक अन्य कुनै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी ईन्चार्ज, गण गुल्म तथा आफ्नो दरबन्दी हाल सम्म हाजिर भएका छैनन। यसले प्रमाणित गर्दछ। नेपाल प्रहरी भित्र हालीमुहाली राजनीतिक भनसुन हाबी भएको कारण आईजीपीको आदेश लाई धोती लगाई दरबन्दी गएनन (जु प्र अ)
प्रहरी स्कुलका पुर्ब समादेशक बसेका एकजना प्रहरी निरीक्षक नाम गोप्य राख्ने शर्तमा यस मधेश भ्युज संग भने बर्तमान आईजीपी दानबहादुर कार्की प्रहरी प्रमुख हुन् साथ एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए। जसमा प्रष्ट उल्लेख छ जो प्रहरी बढुवा हुनेछ उसले आफ्नो दरबन्दी हाजिर भएर फुली लाउने छ तर पुलिस स्कुल रौतहटको हकमा सई बढुवा भएका पात्र अहिले सम्म रवाना बुझेका छैनन। यस प्रकारका गैह्र जिम्मेवार कार्य तथा आईजीपीको आदेश उल्टाउने सम्बन्धित सबै लाई कार्वाही हुनुपर्छ। कानुन सबैको लागि बराबर हुन्छ।

नेपाल प्रहरी स्कुल रौतहटमा अहिले ब्यापक गुट उपगुट रहेको कुरा आएको छ। कसैको लागि ऐन कसैको लागि चेन बनेको छ।
नेपाल प्रहरीको प्रमुख सम्पुर्ण प्रहरीको अभिभावक हुन्छन तर अहिले त्यहीँ अभिभावक संग आन्तरिक रूपमा धैरै रुष्ट बनेका छन निम्न स्तरका प्रहरी कर्मचारीहरू जागिरको दौरानमा कोई रोलमा रुकुम डोल्पा जिल्ला सम्म पुग्ने तर चाप्लुसी गरेर एकै ठाउँमा लामो समय २१ वर्ष सम्म एकै ठाउँमा बसेको कारण यसले मधेश प्रदेश प्रहरी भित्र चिया चर्चाको विषय बनेको छ
प्रहरी स्कुल रौतहटका प्रहरी निरीक्षक संग यस बारे बुझ्दा निजको जवाफ थियो वहाँहरुको दरबन्दी बाहिर हो एक जना सई साहेबको प्रदेश बाहिर दरबन्दी रहेको छ भने दुई जना सईकाे प्रदेश भित्र रहेको छ। काज गर्नको लागि मजकुर कार्यालय लाई पात्र लेखेका छौ तर काज भएको छैन