पुलिस स्कुलको गाडी द्वारा ठक्कर : भैसी मरेको घट्ना ढाकछोप: सम्बन्धित निकाय मौन

  |

चन्द्रनिगाहपुर, रौतहट ७ असोज २०८३, बुधवार

नेपाल पुलिस स्कुल, गरुडा (रौतहट) को सरकारी बोलेरो जिपको ठक्करबाट (अन्दाजी एक महिना पहिला नाम घटनास्थल ठाउँ गोप्य राखिएको) एक किसानको भैँसी घटनास्थलमै मरेको घटनालाई लिएर चौतर्फी विवाद र आक्रोश बढेको छ।

विद्यालयको प्रशासनिक तथा सञ्चालन कार्यका लागि प्रयोग हुँदै आएको उक्त सरकारी गाडी गरुडा बाट चन्द्रनिगाहपुर तर्फ जाँदै गर्दा अत्यधिक गतिका कारण अनियन्त्रित भई भैँसीलाई ठक्कर दिएको थियो। तीव्र गतिका कारण भएको उक्त दुर्घटनामा भैँसीको घटनास्थलमै मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।

प्रहरीको दबाबमा सस्तोमा मिलापत्र गराएको आरोप: आम नागरिकहरुको छ यसैबीच, प्रहरीले आफ्नै संगठनको गाडी जोगाउन पीडित किसानलाई दबाब दिएर सस्तोमा मिलापत्र गराएको गम्भीर आरोप लागेको छ। नाम गोप्य राख्ने सर्तमा एक स्थानीय जनप्रतिनिधिले मधेश भ्युज डटकमसँग कुरा गर्दै भने, “प्रहरी स्कुलको गाडीले ठक्कर दिएको उक्त भैँसीको बजार मूल्य निकै बढी थियो। तर, आफ्नै संगठनको गाडी भएकाले इलाका प्रहरी कार्यालय चन्द्रपुरले पीडित किसानलाई दबाबमा पारेर जबरजस्ती मिलापत्र गराएको छ।”ती जनप्रतिनिधिका अनुसार बजारमा दुई देखि तीन लाख रुपैयाँसम्म पर्ने भैँसीको मूल्य कट्टा गरेर मात्र १ लाख ५० हजार रुपैयाँ तोकी मिलापत्र गराइएको हो। वर्तमान सुशासनको दाबी गर्ने सरकारमा प्रहरीले नै किसानलाई न्याय दिनुको सट्टा दबाब दिएर अन्याय गरेको भन्दै स्थानीय स्तरमा प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा भएको छ।एक दशकमा पटक-पटक दुर्घटना, नेतृत्व मौन रहेको आरोपनेपाल पुलिस स्कुल रौतहटको यो बोलेरो जिप विक्रम संवत् २०७४ सालदेखि हालसम्मको अवधिमा पटक-पटक साना-ठूला दुर्घटनामा परिसकेको छ। बारम्बार सरकारी सम्पत्तिको दुरूपयोग र दुर्घटना हुँदा समेत सम्बन्धित माथिल्लो निकायले हालसम्म कुनै औपचारिक छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याएको देखिँदैन।विद्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सब-इन्स्पेक्टर (सई) दर्जाका प्रहरी कर्मचारीहरूले उक्त सरकारी गाडीलाई आफ्नो निजी काम, घरायसी प्रयोजन, तथा साथीभाइ र इष्टमित्र भेटघाटका लागि दुरुपयोग गर्दै आएको गुनासो व्यापक छ। यसरी सरकारी गाडीको चरम दुरुपयोग र शृङ्खलाबद्ध दुर्घटना हुँदा समेत पुलिस स्कुल रौतहट गरुडाका अध्यक्ष (एसएसपी) तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) ले कुनै चासो नदेखाएको भन्दै संगठनभित्र र बाहिर तीव्र आलोचना भइरहेको छ।निरीक्षण र अनुगमन शून्य हुँदा बेथिति मौलायोबारम्बार हुने यस्ता घटनाले नेपाल प्रहरीभित्रै पनि आन्तरिक प्रश्न उब्जाएको छ। नेपाल पुलिस स्कुल रौतहट पछिल्लो समय लगातार विवादको घेरामा पर्दै आएको छ। कहिले २१ वर्षसम्म एकै ठाउँमा (घरपायक) अखडा जमाएर बसेका सई (सब-इन्स्पेक्टर) हरूको मनोमानी त कहिले सरकारी गाडीको दुरुपयोग र दुर्घटनाले विद्यालयको छवि धुमिल बन्दै गएको छ।संगठनकै एक प्रहरी अधिकारीका अनुसार, हेडक्वार्टर र प्रदेश कार्यालयबाट विद्यालयको निरीक्षण, अनुगमन, तथा कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी र निष्पक्ष रूपमा हुन नसक्दा यस्ता गैरजिम्मेवार गतिविधि र बेथितिहरू बढ्दै गएका हुन्।
यस बारे जिल्लाको प्रहरी कार्यालय रौतहटको सुचना अधिकारी तथा (डिएस्पी) बसन्त गौतमले भने सम्बन्धित निकायले नियम अनुसार कार्य गरेको छ। पुलिस स्कुलको गाडीमा समेत क्षति भएको छ यसमा कुनै त्रुटि भएको छैन