८ असोज २०८३, बिहिबार
पर्सा!नेपाल प्रहरी संगठनमा २० वर्ष ६ महिना २९ दिन अर्थात दुई दशकभन्दा लामो समय निष्ठापूर्वक राष्ट्रसेवामा समर्पित रही बि सं २०८२ सालमा राजीनामा दिएका पब्लिकको प्यारो पूर्व प्रहरी हवल्दार राज कोइराला यतिबेला वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत हुनुहुन्छ।
नेपाल प्रहरीको जागिरै जीवनमा वहाँ आम जनताको प्यारो तथा एक असल,कुशल, इमानदार, तथा जिम्मेवार प्रहरी कर्मचारीको पहिचान बनाएका पुर्ब प्रहरी हवलदार राज कोइराला यतिबेला विदेशको कतारमा पनि सफलतापूर्वक आफ्नो कार्यक्षेत्रमा अगाडि बढिरहनु भएको छ।
वि.सं. २०६१ साल चैत १४ गते ।नेपाल प्रहरीको जवान पद बाट सेवामा प्रवेश गर्नु भएकाे थियाे।
राज कोइराला प्रहरी संगठनमा सिपाही देखि प्रहरीको हवलदार हुँदा सम्म कुल २० वर्ष ६ महिना २९ दिन राष्ट्र र नागरिकको सुरक्षामा दिनरात बिताउनु भएको थियो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८, हरनामाडी (साबिक हरनामाडी गाविस) का रैथाने परिवारका कोईराला सानै उमेरदेखि देश राष्ट्रको माया प्रेम गर्ने स्वाभावका थिए।
आमा-बुवाका कान्छा छोरा राज कोइरालाको यो २ दशक लामो यात्रा अनेकौँ अनुभव र उदाहरणीय कार्यले भरिएको थियो। नेपाल प्रहरीको भण्डारण शाखामा विशेष दक्षता र देशैभर सेवाको अनुभव आफ्नो प्रहरी सेवाको अधिकांश समय उहाँले प्रहरी भित्र अत्यन्तै जिम्मेवार संवेदनशील शाखा मानिने भण्डारण शाखा (Store Section) मा बिताउनु भयो। व्यवस्थापकीय क्षमता र आर्थिक पारदर्शीता आवश्यक पर्ने यस शाखामा उहाँले निभाएको भूमिकाको संगठन भित्र सधैँ प्रशंसा हुने गरेको थियो।
आफ्नो सेवा कालमा उहाँले नेपालका विकट हिमाली जिल्ला देखि तराईका संवेदनशील जिल्लाहरू सम्म पुगेर व्यावसायिकता प्रदर्शन गर्नुभयो। उहाँले विभिन्न समयमा:जिल्ला प्रहरी कार्यालय मुगुजिल्ला प्रहरी कार्यालय पर्साजिल्ला प्रहरी कार्यालय चितवनजिल्ला प्रहरी कार्यालय रौतहटजिल्ला प्रहरी कार्यालय बाराजिल्ला प्रहरी कार्यालय धनुषाजिल्ला प्रहरी कार्यालय काभ्रेबागमती प्रदेश प्रहरी कार्यालय मा रही सफलतापूर्वक आफ्नो कार्यभार पूरा गर्नुभएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रे बाट बिदाइ र नयाँ यात्राको सुरुवात राज कोइरालाले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिने अन्तिम समयमा जिल्ला प्रहरी कार्यालय काभ्रे मा कार्यरत हुनुहुन्थ्यो।
काभ्रे बाटै आफ्नो सुनौलो र गौरवमय प्रहरी जीवनको सुखद अन्त्य गर्दै उहाँले भविष्यको नयाँ खाका कोर्नुभएको थियोे।
२० वर्षको लामो समयको सरकारी सेवा र त्यसबाट प्राप्त अनुभवलाई समेट्दै उहाँ हाल वैदेशिक रोजगारीको सिलसिलामा कतार मा हुनुहुन्छ। कतारको नयाँ परिवेश र कार्यक्षेत्रमा पनि उहाँले आफ्नो पुराना अनुभव र अनुशासनको उच्च प्रदर्शन गर्दै ‘राम्रो र व्यवस्थित’ रूपमा काम गरिरहनु भएको कुरा पारिवारिक स्रोतले जनाएको छ।
एउटा इमानदार राष्ट्रसेवकले देशभित्र मात्र नभई देशबाहिर पुगेर पनि कसरी आफ्नो र राष्ट्रको नाम उच्च राख्न सक्छ भन्ने कुराको एउटा बलियो उदाहरण पूर्व प्रहरी हवल्दार राज कोइराला बन्नुभएको छ। उहाँको आगामी सुखद भविष्य र सुस्वास्थ्यको लागि उहाँका सहकर्मी तथा शुभचिन्तकहरूले कामना गरिरहेका छन्।
मधेश भ्युज डटकम द्वारा गोप्य रूपमा गरिएको सर्वेक्षणमा राज कोइराला प्रहरीको जागिरभन्दा पनि विदेशको यात्रा तय गर्नुको मुख्य कारण थियो आर्थिक अवस्था निम्न स्तरका प्रहरीहरू जागिर छोड्नुको एउटा मात्र मुख्य कारण रहेको छ बाल बच्चाको उच्च शिक्षा यो महङ्गीमा राम्रोसित बाँच्न यसैकारण प्राय निम्न दर्जाका प्रहरीहरु नेपाल प्रहरीको जागिर छोडेर विदेशतिर जाँदै छन

