०९, असोज २०८३ शुक्रबार
भारतको उत्तर प्रदेश (UP) पुलिसका एक होनहार अब्बल सिपाहीले आफ्ना बिरामी आमाबुबाको उपचारका लागि समयमै छुट्टी नपाएको र विभाग भित्रको बेथिति विरुद्ध आवाज उठाउँदा आफ्नो ९ वर्ष लामो जागिर गुमाउनु परेको छ।
उत्तर प्रदेश पुलिसका कन्स्टेबल सुनिल कुमार शुक्ला (मूल घर: गौरीगंज, अमेठी) लाई विभागले अनुशासनहीनता र आचरण उल्लंघनको आरोप लगाउँदै सेवाबाट बर्खास्त (Dismissed) गरेको छ।
९ वर्षको सेवा र विभिन्न ठाउँहरुको पोस्टिङ सन् २०१५ मा उत्तर प्रदेश पुलिसको सिपाही (कन्स्टेबल) पदबाट सेवा प्रवेश गरेका सुनिल शुक्लाले करिब ९ वर्षसम्म प्रहरी सेवामा बिताए। आफ्नो सेवाकालका दौरान उनले उत्तर प्रदेशका विभिन्न जिल्ला र संवेदनशील क्षेत्रहरूमा जिम्मेवारी सम्हालेका थिए। पछिल्लो समय उनी राजधानी लखनऊको रिर्जभ पुलिस लाइन्समा कार्यरत थिए।घटनाको मुख्य कारण: बिरामी आमाबुबा र छुट्टीको संकटपारिवारिक स्रोतका अनुसार सुनिल शुक्लाका आमा र बुबा दुवै गम्भीर बिरामी थिए। उनीहरूको उचित उपचार र रेखदेखका लागि सुनिलले पटक-पटक विभागीय अधिकारीहरूसँग छुट्टीको माग गरेका थिए। तर, महिनौंसम्म धाउँदा र बिरामी आमाबुबाको अवस्था दयनीय हुँदा पनि उनलाई बिदा दिइएन। बरु, पुलिस लाइन्समा सिपाहीहरूको ड्युटी लगाउन र बिदा स्वीकृत गर्नका लागि तल्लो तहदेखि माथिल्लो तहका अधिकारीहरूले मोटो रकम (अवैध असुली) माग गर्ने गरेको उनले आरोप लगाएका छन्।सामाजिक सञ्जालमा भिडियो सार्वजनिक र बर्खास्तीघरको तनाव र विभागको दबाब झेल्न नसकेपछि सिपाही सुनिल शुक्लाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफ्नो पीडा पोखेका थिए। उनले भिडियोमा पुलिस लाइन भित्र सिपाहीहरूको ड्युटी मिलाउन प्रति-व्यक्ति भारु २,००० रुपैयाँसम्मको अवैध असुली हुने गरेको र यसमा वरिष्ठ IPS अधिकारीहरू समेत संलग्न रहेको दाबी गरेका थिए।भिडियो भाइरल भएपछि लखनऊ पुलिस कमिश्नरेटले उनलाई सुरुमा निलम्बन (Suspend) गरेको थियो। आन्तरिक छानबिन पछि, उनले लगाएको आरोपको ठोस प्रमाण पेश गर्न नसकेको, विभागको गोपनीयता र सामाजिक सञ्जाल नीतिको उल्लंघन गरेको ठहर गर्दै प्रशासनले उनलाई सरकारी सेवाबाट पूर्ण रूपमा बर्खास्त गरिदियो।शंकराचार्यको साथ र राजनीतिक चर्चा बिरामी आमाबुबाको उपचारका लागि छटपटाउँदा जागिर गुमेका सुनिल शुक्लाको यो घटनाले भारतभर ठूलो चर्चा पायो। सुनिलको यो न्यायको लडाइँलाई समर्थन गर्दै ज्योतिष पीठका जगद्गुरु शंकराचार्य स्वामी अविमुक्तेश्वरानंद सरस्वतीले उनलाई आफ्नो संस्थामा प्रति महिना भारु १ लाख रुपैयाँ तलब दिने गरी कामको प्रस्ताव (जॉब अफर) समेत गरेका छन्। यसका साथै विपक्षी राजनीतिक दलहरूले पनि योगी आदित्यनाथ सरकारको प्रहरी प्रशासन माथि प्रश्न उठाएका छन्।

