काठमाडौँ,११ असोज २०८३ आईतबार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लाई प्रहरीले गएराति काठमाडौँ स्थित आफ्नै निवासबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई राति करिब ३ बजे नियन्त्रणमा लिएको हो। पक्राउ गरिएपछि उनलाई अहिले टेकुस्थित कार्यालयमा राखिएको छ।
यद्यपि, उनलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
विवादको सुरुवात र मन्त्रिपरिषद्मा भागबन्डा चोलेन्द्र शम्शेर राणा २०७५ साल पुस महिनामा नेपालको २९ औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त भएका थिए।
कार्यकालको साढे तीन वर्षपछि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा उनले आफ्ना मान्छे (जेठान गजेन्द्र हमाल) लाई मन्त्री बनाउन भागबन्डा मागेको विषय सार्वजनिक भए पछि राणा तीव्र विवादमा तानिएका थिए। सर्वोच्चका न्यायाधीशहरूको आन्दोलन र गोला प्रथा न्यालयमा राजनीतिक भागबन्डा भित्र्याएको भन्दै सर्वोच्च अदालतका सहकर्मी न्यायाधीशहरूले नै राणाको राजीनामा माग गर्दै उनको इजलास बहिष्कार गर्ने र उनले तोकेका मुद्दा नहेर्ने ऐतिहासिक आन्दोलन सुरु गरे।
यो गतिरोध प्रधानन्यायाधीशको पेसी तोक्ने एकाधिकार खोसेर गोला प्रथा (लटरी प्रणाली) लागू गरेपछि मात्र केही शान्त भएको थियो। जसका कारण उनले आफैँ मुद्दा हेर्न पाएनन्।महाभियोग र संसदको छानबिन यसैबीच, २०७८ साल फागुनमा उनी विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भयो, जसका कारण उनी तत्कालै पदबाट निलम्बित भए।
संसदको महाभियोग सिफारिस समितिले उनको बयान लिने र तथ्य-प्रमाण खोज्ने काम गर्यो। समितिले उनलाई महाभियोग लगाउन पर्याप्त आधार र कारण रहेको निष्कर्ष निकाले पनि तत्कालीन संसदको कार्यकाल सकिएका कारण संसदले उक्त प्रस्तावमाथि अन्तिम निर्णय सुनाउन सकेन।महाभियोग निष्क्रियको पत्र र सर्वोच्चको हालैको फैसला त्यस पछि २०७९ साल मंसिरमा संघीय संसद सचिवालयका महासचिवले राणाको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएका थिए।
तर, उक्त पत्र विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे थियाे।
सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिट लाई खारेज गर्दै महाभियोग प्रस्तावको औचित्य सकिएको फैसला सुनाएको थियो।
सोही फैसलाको केही सातापछि पूर्वप्रधानन्यायाधीश राणा अप्रत्याशित रूपमा प्रहरी नियन्त्रणमा परेका छन्, जसले कानुनी र राजनीतिक वृत्तमा अहिले नयाँ तरङ्ग पैदा गरेको छ।

