डिआईजी चतुर्वेदी द्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण सिमा अपराध नियन्त्रणमा जोड

०४, आईतबार २०८२
उदेस पाण्डे
पर्सा! मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको कार्यलय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्वेदी द्वारा जिल्ल प्रहरी कार्यालय पर्साको निरीक्षण तथा सम्बोधन कार्य सम्पन्न भएको छ।
मधेश प्रदेश प्रहरी प्रमुखको रुपमा आएका डिआईजी द्वारा
जिल्ला प्रहरी कार्यालय पर्साको मुदा फाँट, अनुचित लेनदेन शाखा, उजुरी शाखा, हिरासत व्यस्थापन शाखा सिसी टिभी कक्ष, सुचना संकलन शाखाको निरीक्षण गर्नुको साथै विभागीय नीति निर्देशनको साथसाथै सिमा अपराध, आपराधिक गतिविधि तस्करी तथा कानुन विपरीत कार्यहरु रोक्न प्रष्ट निर्देश दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय मातहत रहेका वडा प्रहरी कार्यालय बिर्ता, वडा प्रहरी कार्यालय श्रीपुर, ईलाका प्रहरी कार्यालय पोखरीया ईप्रका ठोरी, ईप्रका पटेर्वा सुगौलि तथा बिभिन्न मातहतका चौकि ईन्चार्जहरुलाई सामेल गरी निति निर्देशन दिएका छन्
निरीक्षणको दौरान जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक गौतम मिश्र डिएसपी किशोर लम्साल प्रहरी निरीक्षक लोकराज भट्ट समेतको उपस्थिति रहेको थियो।
मधेश प्रदेशको आठ वटा जिल्लाहरू मध्य पर्सा संवेदन शिल जिल्ला रहेको कारण यस्लाई अझै चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा कायम राख्न आदेश दिए ।
मधेश प्रदेशको जिम्मेवारी पाए देखि डिआईजी एक्शनमा देखीएका छन अहिले मधेश प्रदेशको जिल्ला प्रहरी कार्यालय ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी प्रमुखहरु डिआईजी उमा प्रसाद चतुर्वेदीको कडाई पछि फरार प्रतिवादी पक्राउ देखि तस्करी नियंत्रण तथा कानुन विपरीत भइरहेका कार्य रोक्न तदारुकता देखाएका छ।