२४, जेष्ठ २०८२ शनिबार
उदेस पाण्डे
पर्सा! सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ स्थित मलहनमा टोलमा बिहीबार राति लुटेराहरुको समूहले लुटपाट गरी ५० वर्षीय कान्तलाल चौधरीको हत्या भएको घटनाबारे स्थलगत निरीक्षण गर्न मधेस प्रदेश प्रहरी प्रमुख (डीआइजी) उमा प्रसाद चतुर्वेदी शनिबार बिहान मृतकको घरमा पुगेका छन्।
पीडित परिवारहरु संग शनिबार बिहान भेटघाट गरी घट्नामा संलग्न दोषीहरु चाडोभन्दा चाँडो कानुनी कठघरामा उभ्याउने कुरा मृतकका परिवार संग डिआईजी उमा प्रसाद चतुर्वेदीले प्रतिबद्धता जनाएका छन।
यो जघन्य अपराध हो दोषीलाई छिटै कानुनी दायरामा ल्याइन्छ ।
स्थलगत निरीक्षणकाे क्रममा डिआईजी चतुर्वेदी सगै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकन्द्र खतिवडा समेत उपस्थित थिए एसपीका अनुसार मधेस प्रदेश बाट तालिम प्राप्त कुकुर समेत मगाएर यो घट्ना बारे जाँचबुझ हुँदै छ यसको साथसाथै प्रहरीले घट्ना स्थलबाट तिन राउण्ड गोली र एउटा खोका समेत बरामद गरेको छ। उक्त घट्नामा एकजना संकास्पद ब्यक्ति लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धान जारी रहेको छ
बिहिबार राति करिब १२ बजेको समयमा घरमा डाका गरी फर्किदै गरेका समूहलाई प्रतिकार गर्दा चौधरी माथि डाका समूहले गोली प्रहार गरेको थियो। उनको ढाड र घाँटीको बीच भागमा चोट लागेको थियो अहिले उपचार पछि घर फर्किएका छन
डाका समुह द्वारा चौधरीको घरबाट करिब ५० हजार पाँच तोला सुन २ किलो चाँदी सहितका सरसामान लगेको एसपी खड्काले बताए

