शान्तिपूर्ण रुपमा वार्षिक परीक्षा सम्पन्न:नवगावा मा बि का प्राचार्य यादवको चौतर्फि प्रशंसा

  |

१२ चैत्र २०८२ बिहीबार
उदेश पाण्डे!
पर्सा! श्री नवगावा माध्यमिक विद्यालय चरगाहाको वार्षिक परीक्षा सम्पन्न भएको सुचना विद्यालय प्रशासन बाट प्राप्त भएको छ।
श्री नवगावा माध्यमिक विद्यालय चरगाहा द्वारा वार्षिक परीक्षा यही मिति २०८२/१२/०५ गते देखि २०८२/१२/१२ सम्म सञ्चालन भएको थियो जसमा १२६० जना विद्यार्थीहरु सहभागी भएका थिए
उक्त वार्षिक परीक्षा लाई मर्यादित बनाउन प्राचार्य गगन देव यादव अन्य सामुदायिक बिद्यालय बाट पर्यवेक्षक invigilator बोलाई परीक्षामा खटाएका थिए जसको एउटै उद्देश्य थियोे परीक्षामा विद्यार्थीहरुको मनोबैज्ञानिक गुणहरूको मापन शैक्षणिक उपलब्धि हासिल भएको छ छैन भन्ने कुरा स्पष्ट रूपमा देखियोस।
बिद्यालय तहमा परीक्षाको उद्देश्य भनेको विद्यार्थी सिकाई उपलब्धि लेखाजोखा गरी बिभिन्न प्रकारका शैक्षणिक निर्णयमा सघाउ पुर्याउनु हो। परीक्षाले विद्यार्थीको बुद्धिक्ता IQ, कौशलता Aptitude, अभिवृद्धि Attitude, रुचि Intrest जस्ता कुराहरू पता लगाउन मद्दत गर्दछ।
श्री नवगावा माध्यमिक विद्यालय चरगाहाको प्राचार्यको रूपमा मिति २०८१/०८/१७ गते देखि बिद्यालय प्राचार्यको पदभार ग्रहण गरेका प्राचार्य गगनदेव यादव बिद्यालयको शिक्षा सुधार, अर्थात गुणस्तरीय शिक्षा तर्फ केन्द्रित हुँदै अहिले बिद्यालयमा उल्लेखनीय सुधार देखिएको कुरा एक जना अभिभावक बताउँछन।
शिक्षण पेशामा २० वर्ष देखि आबद्ध प्राचार्य गगनदेव यादव लाई स्कुलको सम्पूर्ण बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरु समेत आफ्नो अभिभावकको रूपमा लिएका छन। मधेश भ्यूज डटकमको सड्क संवाद कार्यक्रम अन्तर्गत पटक पटक उक्त बिद्यालयमा जाँदा समेत प्राचार्य कार्यालय समयमा स्कुलमा भित्र रहेको पाइएका थिए।
छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका मा बि बिद्यालयहरु मध्य सबै भन्दा बढी विद्यार्थीहरुको रोजाईमा परेको बिद्यालय श्री नवगावा माध्यमिक विद्यालय चरगाहा रहेको एउटा सर्वेक्षणले देखाएको छ।