चौकि ईन्चार्ज निलम्बित: विभागीय छानबिन तिब्र

  |

०२ बुधबार, बैशाख २०८३
पर्सा! प्रहरी आचरण विपरीत कार्य गरेको ठोस सबुत प्रमाण भेट्दा प्रहरी चौकी महादेवपट्टी इन्चार्ज प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह निलम्बनमा परेका छन।
ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली मातहत रहेका प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह निलम्बनमा परेका खबर प्राप्त भएको छ।
२०८२ को चैत्र महिना तिर प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह विभागीय निति निर्देश विपरीत कार्य गरेको सुचना एवम
सबुत प्रमाण समेत मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी थपलिया समक्ष पुगेको थियो।
नाम गोप्य राख्ने शर्तमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका एक जना सिनियर प्रहरी अधिकृतले बताए अनुसार प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरिक्षक धर्मेन्द्र साह डिउटीमा खटिएका बेला तत्कालै एक कमाण्डरले गर्नु पर्ने विभागीय कार्य नगरेको तथा मजकुर कार्यालयको निति नियम विपरीत आफ्नो पदीय गरिमा नबुझीएको तस्करीको समान पक्राउ गरिएको समान छोड्दा आर्थिक लाभ लिएको पुष्टि भएको हुँदा निलम्बनमा परेका हुन।
ईलाका प्रहरी कार्यालय पटेरवा सुगौली ईन्चार्ज प्रहरी निरीक्षक एस अधिकारी संग यस बिषयमा बुझ्न खोज्दा आफु वनको मिटिङ्गमा आएको उक्त विषयमा कुनै प्रकारको जानकारी छैन। जिल्ला प्रहरी कार्यालय बाट टाढा रहेको ग्रामीण क्षेत्रका चौकी प्रमुख प्रहरी नायब निरक्षक तथा प्रहरी सहायक निरीक्षकहरुको काम कर्तव्य बाट आम नागरिक समाज सन्तुष्ट छैनन। ग्रामीण क्षेत्रमा तत्कालै प्रहरी पुग्दैनन् रातिमा गस्ति टोली गस्ति गर्दैनन् आरोप स्थानीयको रहेको छ
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साको सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएस्पी) बस्नेत संग बुझ्दा निज प्र स नि लाई हिजै निलम्बन गरेको कुरा बताए।