०७, श्रावण २०८३, बिहिबार
पर्सा! श्री महादेव मा बि विद्यालयमा विगत लामो समयदेखि निरन्तर रूपमा ४२ वर्ष सम्म कार्यालय सहयोगीको पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरेका शेषनाथ पटेलको बिदाइ गरिएको छ।
काम सानो र ठूलो हुँदैन (work is worship)भन्ने मान्यताका साथ मिति २०४० साल देखि २०८३ सम्म निरन्तर कार्य गरेका शेषनाथ पटेल १५० रुपैयाँ बाट तलब सुरु गरेका शेषनाथ अहिले १६००० भन्दा बढी रकम तलबको रूपमा बुझ्दै अवकास प्राप्त भएका छन। लामो समय काम गरेका शेषनाथ अवकाश जाँदै गर्दा बिदाइ समारोह समितिका अध्यक्ष तथा छिपहरमाई गाउँपालिका वडा अध्यक्ष श्री कामेश्वर यादव भावुक बनेका थिए।
कार्यक्रमका अतिथिहरु रामकुमार यादव, प्र अ प्रभु गिरी, हिरालाल यादव, रमेश कुशवाहा, मनतोस यादव, प्रहरी चौकी मिर्जापुरका ईन्चार्ज झा
त्यहाँका स्थानीय भद्र भलादमिहरुको समेत उपस्थिति रहेको थियो।
जागिरै जीवनमा सरुवा ,बढुवा , अवकास, सामान्य रूपमा बुझ्दै आएका भएतापनि यो विदाई समारोह ले सबैको मन लाई छोएको छ। निम्न स्तरका कर्मचारीहरू विदाई हुँदा कुनै भब्य बिदाइ समारोह प्रायः गरिँदैन तर कार्यालय सहयोगीको शेषनाथ पटेलको विदाई भब्य रुपमा हुँदा चौतर्फी रुपमा प्रशंसा गर्दै युवाहरु समेत सोसल मिडियामा पोष्ट गरेका छन
समाज अब परिवर्तन तर्फ जाँदै गरेको कुरा पनि यो विदाई कार्यक्रमले प्रष्ट पारेको छ।

