प्रहरीका ४ एआईजी,डिआईजी सहित एसएसपी सम्म खटिए फिल्डमा को कहाँ?

१५, साउन २०८३ शुक्रबार
पर्सा! कोशी प्रदेशको सुनसरी जिल्ला बाट सुरु भएको हिन्दु मुस्लिम प्रदर्शन कन्ट्रोल बाहिर जान लागेको मूल्यांकन गर्दै प्रहरी प्रधान कार्यालयले ४ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी सहित उच्च प्रहरी अधिकारीहरु लाई एकैपटक फिल्डमा खटिएका छन।
मधेश प्रदेशका जिल्लाहरुमा फैलिएको हिन्दु मुस्लिम प्रदर्शनको जोखिम आकलन गर्दै प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुमा एआइजीहरूलाई पठाएको छ।
मधेशमा एआइजी नेतृत्वको टिम परिचालन गरेसँगै प्रहरी प्रधान कार्यालयले लुम्बनी र कोशी प्रदेशमा पनि हेडक्वाटर बाट एआईजीहरु लाई फिल्डमा खटाइएको छ।
शुक्रबार बिहान एआईजी हिमालय श्रेष्ठलाई मधेश प्रदेश मा खटाइएको थियो। सम्भावित जोखिम न्यूनीकरण गर्न ४ जना एआईजी र अन्य प्रहरीका उच्च अधिकारीहरु खटाइएको सुचना प्राप्त भएको छ।
को कहाँ खटिएका छन?
एआईजी सिदिविक्रम साह, बाँके
एआईजी उमा प्रसाद चतुर्वेदी, कपिलवस्तु
एआईजी ईश्वर कार्की, कोशी प्रदेश
र सुनसरी
डिआईजी दिनेश आचार्य, सिराहा
डिआईजी अबि नारायण काफ्ले, सप्तरी
एसएसपी गोपालचन्द्र भट्टराई, सर्लाही
एसएसपी सोमेन्द्र सिंह राठौर, पर्सा
एसएसपी दीप शमशेर राणा, रौतहट
एसएसपी नवराज अधिकारी, चितवन
एसएसपी कृष्ण पंगेनी, महोत्तरी
एसएसपी होबिन्द्र बोगटी, बारा एसएसपी ज्ञानेन्द्र फुयाल, मोरङ्ग
एसएसपी भुवनेसवर तिवारी, धनुषा
एसएसपी अमरेन्द्र सिंह मधेश